नेकपाले पारित गर्याे ५ कार्यसूची

२९ मंसिर, काठमाडौँ ।
एक वर्षपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले आइतबार पाँचवटा कार्यसूची पारित गर्दै ती विषयमा निरन्तर छलफल गर्ने निर्णय गरेको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक सोमबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।

Advertisement

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेको बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर राजनीतिक प्रतिवेदन पेस गर्ने, नेपाल भारत सीमाबारे छलफल गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, विधान संशोधन गर्ने र विविध गरी पाँचवटा कार्यसूची पारित गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अर्को बैठकमा उनी उपस्थित हुने अपेक्षासमेत गरेको छ । बैठकमा सरकारका गतिविधिबारे पनि कुराकानी भएको नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top