पीपीएलमा पोखरा पल्टनको विजयी सुरुवात

२९ मंसिर ७६, सोमबार

२९ मंसिर, पोखरा ।
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा साविकको च्याम्पियन पोखरा पल्टनसले विजयी सुरुआत गरेको छ । पोखरा क्रिकेट रंगशालामा आइतबार भएको खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित पोखराले १४.१ ओभरमा मात्र एक विकेट गुमाएर काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पूरा गरेको हो ।

विस्फोटक इनिङ खेलेका कुशलले ४३ बलको सामना गर्दा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै पोखराका रवीइन्दर सिंहले ३२ बलमा अविजित ३८ रन जोडेका थिए । आशिफ शेख १० बलमा १४ रन जोड्दै सुषन भारीको एलबिडब्युको शिकार भएका थिए । बलिङ तर्फ काठमाडौंका लागि सुषनले एक विकेट लिनु बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । सुवोध भाटीले सर्वाधिक ४५ रन जोडेका थिए । खराब सुरुआत गरेको काठमाडौंका लागि सातौं ब्याट्सम्यानका रूपमा क्रिजमा आएका भाटीले पोखरा पल्टन्सका लागि सर्वाधिक ४५ रन जोडको थिए । सुरुआतदेखि लगातार विकेटको पतनपछि सम्मानजनक योगफलका लागि संघर्ष गरिरहको काठमाडौंका लागि २९ बल खेलेका भाटीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठामाडौंका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । गौरभ टोमरले १३ तथा सुषन भारीले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । कप्तान ज्ञानेन्द्र १, रनमा पराजित हुँदा सुषन भारी १० तथा अम्रित भट्टराई १ रनमा अविजित रहे ।

शरद भेसावकरको कप्तानीमा मैदानमा उत्रिएको पोखराका लागि ललित राजवंशी तथा कुशल मल्लले दुई तथा प्रभामेश डाके, रासिद खान र सर्बजित लड्डाले एक–एक विकेट लिए ।प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेल विराटनगर टाइटन्सले धनगढी ब्लुज र दोस्रो खेल काठमाडौं गोल्डेन वारियर्सले बुटबल ब्लास्टर्सको सामना गर्नेछन् ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top