जापानी टोली जेएफएलसँग मनाङको हार

२९ मंसिर ७६, सोमबार

२९ मंसिर, काठमाडौँ ।
रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ । दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम मैदानमा मनाङले पाहुना टोली जेएफएललाई ३–० को नतिजा सुम्पिएको हो । भ्रमणकारी टोली जापानको टोलीलाई जिताउन जिन सिओयाले दुई तथा मासाहिको सुगिताले एक गोल गरे ।

यस अघि पहिलो खेलमा नेपाल निलोमाथि ४–० को जित निकाल्दै मनोबल बटुलेको जापानी भ्रमण टोलीका लागि सिओयाले २८औं मिनेटमा गोल गर्दै अग्रता बुनेका थिए । ३४ औं मिनेटमा सिओयाले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पछि परेसँगै खेलमा फर्किन संघर्ष गरेको मनाङले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि सफल हुन सकेन । दोस्रो हाफको अन्तिमतिर आक्रामक देखिएको मनाङ अगाडि बढेको मौकाको फाइदा उठाउँदै जापानी टोलीले अग्रतालाई झन फराकिलो पारेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा जापानका लागि सुगिताले गोल थप्दै जित सुनिश्चित गरेका थिए ।

यस अघि मनाङको कप्तान सम्हाल्दै आएका विराज महर्जन सहित केही खेलाडी अन्य ‘ए’ डिभिजन क्लबमा आबद्ध भएपछि कमल श्रेष्ठले मनाङको कप्तानी सम्हालेका थिए । शनिबारबाट सुरु भएको नयाँ सिजनको लिगमा मनाङले सोमबार विभागीय टोली एपिएफसँग खेल्दै लिगको सुरुवात गर्दै छ । मैत्रीपूर्ण खेलमा मनाङले भर्खरै मात्र अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने मैदान उत्रारेको थिएन ।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top