×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक्काइस घण्टा सञ्चालन हुने

१ पुष २०७६

१ पुस, काठमाडौँ ।

 मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गलगायत जीणोद्वारको दोस्रो चरणको काम सकिएको छ । योसँगै अब अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनयोग्य भएको छ ।

Advertisement
Advertisement

गत भदौ १५ देखि पुस १५ सम्मका लागि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु गरिएको भए पनि निर्धारित समयअघि नै जीर्णोद्वारको काम सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सम्पन्न भएको जानकारी दिए । आगामी ३१ डिसेम्बरदेखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने उनको भनाइ छ ।

‘विमानस्थल २१ घण्टा सञ्चालनका लागि हामी त आजै तयार छौं तर उडान भर्ने वायुसेवा प्रदायक कम्पनीलाई हामी सञ्चालनयोग्य भयौँ भनेर पत्राचार गर्नुप¥यो त्यसैले ३१ डिसेम्बरसम्म उडानका लागि तयारी गर्न एयरलाइन्सहरुसँग छलफल गरी आग्रह गरिसकेका छौँ’ महाप्रबन्धक केसीले भने ।

उनले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थलको जीर्णोद्वारको काम सकेर विमानस्थललाई हरहिसाबले तयारीयोग्य बनाइएको बताए । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने अघिल्लो पटक बजेट तथा नीति कार्यक्रममै घोषणा गरेको थियो ।

विमानस्थलको जीणोद्वार सकेपछि विमानस्थलको क्षमता बढ्ने र हालको चाप न्यूनीकरण हुने अपेक्षा गरिएको छ । सन् २०२० को मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थलका चाप व्यवस्थापनमा सहज हुने अधिकारीले बताउँदै आएका छन् ।

यो आयोजनाको हाल ९० प्रतिशत भौतिक प्रगति छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम पनि द्रुतगतिमा भइरहेको छ । हाल उक्त विमानस्थलको भौतिक प्रगति ५० प्रतिशत भन्दामाथि रहेको आयोजनाले जनाएको छ । विमानस्थलले मर्मतको काम निर्धारित समय अगावै सम्पन्न गरेर सफल उदाहरण प्रस्तुत गरेको महाप्रबन्धक केसीले बताए ।

यो अवधिमा विमानस्थलको तीन हजार मिटर लामो धावनमार्ग कालोपत्र, ट्याक्सी वे कालोपत्र गर्ने र बत्ती जडानको काम सकिएको छ । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको कामसमेत सकिएको छ ।

अबको १३ दिनपछि शुरु हुने नेपाल भ्रमण वर्षका लागि अन्तरराष्ट्रिय विमानस्थलको प्रगतिलाई एक सुःखद क्षणको रुपमा लिन सकिन्छ । कतिपय ठूला आयोजना निर्माणमा विलम्ब भइरहेका बेला विमानस्थलको जीर्णोद्वार निर्धारित समयअघि नै सकिनुले अन्य आयोजनालाई पनि घचघच्याउने उदाहरणीय बनेको छ ।

यसअघि मर्मतको अवधिमा विमानस्थल बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुन्थ्यो । विमानस्थलको पहिलो चरणअन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो ।

विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । उक्त अवधिमा रातको १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।

विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको रु एक हजार सङ्कलनबाट विमानस्थल मर्मतको काम गरिएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको थियो ।

अन्तरराष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलोपटक धावनमार्ग पुनः सुधार गरिएको नियामक निकाय नेपाल नागरिक उड्डायन प्राधिकरणले जनाएको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग स्तरोन्नतिको काम गरेको हो ।

लामो समयदेखि धावनमार्गको कालोपत्र उप्किदा पटक–पटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको थियो । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तरराष्ट्रिय विमानस्थलको जीर्णोद्वार गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको प्राधिकरणले जनाएको छ ।

Advertisement

सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको थिएन । सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धारटोली बनाएर सतर्क अवस्थामा राखिएको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top