लोकसेवा आयोगले बजेट स्वतन्त्र रुपमा खर्च गर्न पाउनुपर्छ : मैनाली

४ पुस ७६, शनिबार

४ पुस, काठमाडौँ ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगलाई विनियोजित बजेट खर्चगर्न स्वतन्त्र अधिकार दिनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलमा अध्यक्ष मैनालीले आयोगले परिक्षा सञ्चालनका निम्ति पाउने विनियोजित बजेट स्वतन्त्र रुपमा खर्च गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् ।

विधेयकको दफा ४७ मा ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानून बमोजिम आयोगले खर्च गर्न सक्नेछ’ उल्लेख गरिएको भन्दै त्यसलाई सच्याउन माग गरे । उनले आयोगले सानो खर्च गर्न पनि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था आउने भएकाले दफा ४७मा उल्लेख भएको विषय सच्याउनुपर्ने बताए ।

उनले आयोले अहिले सम्म गर्दै आएको खर्च पूर्ण रुपमा पारदर्शी भएको र कुनैपनि बेरुजु नरहेकोले खर्चमा नियन्त्रण गर्ने खालको व्यवस्था गर्नु उचित नहुने बताए ।अध्यक्ष मैनालीले आयोगको खर्च सम्बन्धी विकल्प खुलाई विधेयकमा लोकसेवा परिक्षा सम्बन्धी खर्च मात्र गर्नेगरी उल्लेख गर्न सकिने बताए । समितिमा रहेका कांग्रेस सांसदहरुले भने यस अघि नै संशोधन प्रस्ताव राख्दै विनियोजित रकम आयोगले निर्धारण गरेबमोजिम खर्च गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top