हिमपातले सेताम्मे भयो हुम्ला

४ पुस ७६, शनिबार

५ पुस, हुम्ला ।
हुम्लामा तेस्रो पटक हिमपात भएको छ ।

Advertisement

गएको नौ दिनको अन्तरालमा तेस्रो पटक शनिबार हिमपात भएको हो । शुक्रबार दिनभरी बादल लागे पनि शनिबार बिहानबाट हिमपात सुरु भएको छ ।

शनिबार बिहान चार बजेदेखि मसिनो हिमपात हुँदा जमिन सेताम्मे भएको छ । यस अघिकै हिँउ नपग्लेको अवस्थामा फेरि हिँउ पर्न सुरु भएको हो ।

Advertisement

हिमपात भइरहँदा चिसो अत्याधिक बढेको छ । हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हवाई सेवा समेत प्रभावित बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top