Nepal Times
Nepal Times
3
Shares

नारायणगोपाल युवा सङ्गीत पुरस्कार मीना निरौला र आशिष अविरललाई

नारायणगोपाल युवा सङ्गीत पुरस्कार मीना निरौला र आशिष अविरललाई

५ पुस, काठमाडौं ।
यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार मीना पोखरेल निरौला र आशिष अविरलले पाएका छन् ।

राष्ट्रिय युवा परिषदले शुक्रबार गरेको कार्यक्रममा उनीहरूलाई नेपाली सङ्गीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो ।

विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा सो कोष स्थापना गरेको हो ।

युवा गायक तथा सङ्गीतकार अविरलले ‘सालको पात‘’, ‘लालुमाई‘’ तथा निरौलाले ‘काले दाइ काले दाइ‘’, ‘ठमेल बजार‘’ जस्ता गीत गाएका छन् । यो पुरस्कार हालसम्मा ४६ जनालाई प्रदान गरिसकिएको छ ।

यस्तै यस वर्षको चित्रकार अरनिको युवा कला पुरस्कार विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिएको छ । चित्र र मूर्तिकलाका फाँटमा सक्रिय रही निरन्तर रूपमा योगदान दिएको भन्दै युवाकलाकारद्वय महर्जन र डङ्गोललाई जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहित सो पुरस्कार दिइएको हो ।

कोषले सो पुरस्कारको स्थापना विसं २०५७ मा स्थापना गरेको हो । स्थापनाकाललेखि सो संस्थाले हालसम्म ३० जनालाई पुरस्कार प्रदान गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.