कजाकस्तानमा १०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ जनाको मृत्यु

११ पुस, नुरसुल्तान ।
कजाकस्तानमा १०० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । बीबीसीका अनुसार अहिलेसम्म ९ यात्रुको मृत्यु भएको पुष्टि भएको छ। बाँकी यात्रुको उद्धार भइरहेको छ।

कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एअरको विमान दुर्घटना भएको हो । दुर्घटनाग्रस्त विमान अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै थियो। टेकअफ गर्नेबित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताइएको छ।

अलमाटी विमानस्थलका अधिकारीहरुमा अनुसार विमानमा ९५ यात्रु र ५ जना क्रु मेम्बर थिए। दुर्घटनाग्रस्त विमान विमानस्थलनजिकै एउटा भवनमा ठोक्किन पुगेको छ।

Advertisement

कजाकस्तानको अलमाटीमा यसअघि सन् २०१३ को जनवरीमा पनि विमान दुर्घटना भएको थियो। कोशेताउबाट अलमाटीका लागि उडान भरेको स्क्याट एअरलाइन्सको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top