मुआब्जा विवाद : अरुण तेस्रोको प्रवेश मार्ग बन्द

१० पुस ७६, शुक्रबार

११ पुस, खाँदबारी । 

अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ ।

छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन । स्थानीयवासीले प्रवेश मार्ग आजदेखि अनिश्चितकालीन बन्द गरिदिएका छन् ।

छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा पाएका छैनन । काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि उचित मुआब्जा नपाएको उनीहरुले जनाएका छन् । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए ।

स्थानीय बासिन्दा, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद मिलाउने तयारी भइरहेको लगानी बोर्डले जनाएको छ ।

पावर हाउसमा आउने बाँधको पानीलाई दुई वटा सुरुङमा बाँडेर स्टिल पाइपमार्फत पानी प्रवाह गरेर २२५–२२५ मेगावाट क्षमताको चार वटा टर्वाइन घुमाएर ९०० मेगावाट विद्युत् उत्पादन हुने छ ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top