ताप्लेजुङमा रुखले किचेर महिलाको मृत्यु

११ पुस ७६, शुक्रबार

११ पुस, ताप्लेजुङ ।
ताप्लेजुङमा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । श्रीजंगा गाउँपालिका–२ हपुखोला बस्ने ५० बर्षीय पदममाया खड्काको रुखले किचेर मृत्यु भएको हो ।

Advertisement

बिहीबार दिउँसो पौने ४ बजेको समयमा जेसीबीले हपुखोला तेल्लोक जोड्ने सडक खन्ने क्रममा बडहरको रुख ढलेर खड्कालाई लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top