मकवानपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

११ पुस ७६, शुक्रबार
Share this
755shares

११ पौष, हेटौंडा । काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत् मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा टाटा सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ गुगेको छ । ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ५ जना घाइते भएका थिए।

Advertisement

रौतहटको चन्द्रपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दिउँसो करिब एक बजेको समयमा दुर्घटना हुँदा घटनास्थलमा ३ जनाको मृत्यु भएको थियो भने उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनकारी दिए ।

मृतकहरुमध्ये हालसम्म २ जनाको पहिचान खुलेको छ भने ३ जनाको अझै छैन। मृत्यु हुनेहरुमा रौतहट चपुरका २१ वर्षीय मनिष विक र २० वर्षीय सिर्जना विक रहेका छन्।

Advertisement

उनीहरु पतिपत्नी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरु तीनैजनाको शव हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ।

घाइते सर्लाही बागमती–११ का २२ वर्षीय रञ्जित रिजाल र रौतहट बरथुवा–५ का ५६ वर्षीय जय शाहको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भइरहेको निरीक्षक कुर्मीले जानकारी दिए।

Advertisement

यसैगरी सुमो चालक हेटौंडा–१७, गंगटेका अनिल विक र सुमोमा सवार सर्लाही बागमती–९ का २७ वर्षीय रञ्जित रिजालको काठमाडौंस्थित मेडिसिटीमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक कुर्मीका अनुसार सवारी तीव्र गति र अनियन्त्रित हुँदा सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top