काठमाडौं, फागुन २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगालको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको जनाएको छ ।
विमानस्थलका प्रमुख राजेन्द्र क्षेत्रीले दुर्घटनाको प्रारम्भिक उद्दार सकिएलगत्तै पत्रकार सम्मेलन गरी कन्ट्रोल रुमले दिएको अनुमतिविपरीत ल्याण्ड गरिएकाले विमानस्थल दुर्घटनाग्रस्त भएको बताए ।
उनले दुर्घटनाको विस्तृत विवरण लिने काम भइरहेको पनि जानकारी दिए । विमानस्थलमा ३३ जना नेपालीसहित ७१ जना यात्रु सवार रहेका थिए । त्यसमा चालक दलका ४ जना सदस्य रहेका थिए ।