×

NEPAL TIMES UPDATES

Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026

अवैद्य शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज अटेर

२१ पौष, काठमाडौं । चितवन मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न अटेर गरेको विद्यार्थीले बताएका छन् ।

विद्यार्थीका अनुसार कलेजले हालसम्म शुल्क समायोजनको प्रक्रिया थालेको छैन। गत मंसिर १० गते निजी मेडिकल कलेज सञ्चालक र शिक्षा मन्त्रालयबीच भएको सहमतिमा यथाशीघ्र शुल्क समायोजन गर्न सञ्चालक तयार भएका थिए। तर, एक महिना बित्दा पनि चितवन मेडिकल कलेजले शुल्क समायोजन प्रक्रिया अघि बढाएको छैन।

Advertisement
Advertisement

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दका अनुसार हालसम्म कलेजले शुल्क समायोजनको प्रक्रिया थालेको छैन। शुल्क समायोजनका लागि विभिन्न चरणमा दबाब दिइएको भए पनि कलेज तयार नभएको चन्दले बताए। शुल्क समायोजन नभएपछि विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

शुल्क समायोजनमा कलेजले तत्परता नदेखाएपछि अभिभावक, राजनीतिक दलका प्रतिनिधिसँग विद्यार्थीले छलफल पनि गरे। तर, कलेज सञ्चालक छलफलमा उपस्थित नभएपछि अन्यौल उत्पन्न भएको चन्दले बताए। उनका अनुसार शिक्षा मन्त्रालयसँग कलेजले शुल्क समायोजन गर्ने सहमति गरेको थियो।

कलेजले एमबिबिएस पहिलो र दोस्रो वर्षमा लिइएको अतिरिक्त शुल्क समायोजन गर्ने भन्दै सूचना निकालेको छ। तर, के कति शुल्क समायोजन हुने आधार नदेखिएको, तेस्रो र चौथो वर्षमा उठाइएको शुल्कबारे मौन रहेको भन्दै विद्यार्थीले कलेजको उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

एमबिबिएस पहिलो र दोस्रो वर्षमा तोकिएको भन्दा छ लाख २५ हजार बढी शुल्क उठाएको विद्यार्थीले बताउँदै आएका छन्। बढी उठाएको शुल्कको कागजात नै देखाएर विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

तेस्रो र चौथो वर्षमा अध्ययनरत् विद्यार्थीलाई झनै चर्को शुल्क लिएको आन्दोलनरत् विद्यार्थीको दाबी छ। त्यो शुल्कबारे शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच के कस्तो सहमति भएको हो भन्ने जानकारी विद्यार्थीले पाएका छैनन्।

मन्त्रालय र कलेज सञ्चालकबीचमा भएको सहमतिमा पनि त्यसबारे उल्लेख गरिएको छैन। यसै विषयलाई लिएर मंसिर १९ गतेदेखि सञ्चालन भएको एमिबिएस पहिलो वर्षको परीक्षा विद्यार्थीले बहिस्कार गरेका थिए ।

चितवन मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेले भने विद्यार्थी शुल्क समायोजन प्रक्रियामा सहभागी नै नभएको बताए। उनले शिक्षा मन्त्रालयसँग सहमति भएको पर्सिपल्टै विद्यार्थी र अभिभावकलाई फोन गरेर, सूचना टाँसेर शुल्क समायोजनमा सहभागी हुन अनुरोध गरेको बताए।

शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच भएको सहमतिमै विद्यार्थीले औंला उठाइरहेका छन् । विद्यार्थीले कलेज शिक्षा मन्त्रालय र सञ्चालकबीच भएको सहमति नै ‘अमूर्त’ रहेको बताउँदै आएका छन्। शिक्षा मन्त्रालयले शुल्क समायोजनका लागि चितवन मेडिकल कलेजमा पटक(पटक प्रतिनिधि खटाएको छ।

एक साताअघि पनि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसी चितवन मेडिकल कलेज पुगेका थिए। तर, शुल्क समायोजनको प्रक्रियामा विद्यार्थीलाई चित्त बुझाउन नसकेको उनले बताए। सरकारले एमबिबिएस शुल्क तोकेकै बेलादेखि चितवन मेडिकल कलेजले विद्यार्थीबाट लाखौं रुपैयाँ बढी शुल्क उठाउँदै आएको छ ।

२०७२ सालदेखि सरकारले एमबिबिएस शुल्क तोक्न थालेको थियो। चितवन मेडिकल कलेजले २०७३ सालमा एक विद्यार्थीबाट १६ लाख रुपैयाँ बढी शुल्क लिखित रूपमै उठाएको भेटिएको छ ।

Advertisement
Advertisement

सरकारले २०७२ सालमा एमबिबिएस शुल्क मेडिकल कलेजमा ३५ लाख रुपैयाँ तोकेको थियो। तर, चितवन मेडिकल कलेजले २०७३ सालमा एमबिबिएसको आठौं ब्याचका एक विद्यार्थीबाट ५८ लाख रुपैयाँ लिखित रूपमै उठाएको थियो ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top