इराकी संसदबाट विदेशी सेना फिर्ता गर्न प्रस्ताव पास

२१ पुस, बग्दाद ।
इराकी संसदले सबै विदेशी सैनिकलाई देश छाड्न आग्रह गरेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो ।

इराकी संसदले सरकारसँग विदेशी सुरक्षा बललाई इराकी जमिन, हवाई तथा जलक्षेत्रको प्रयोगमा पनि रोक लगाउन निर्देशन दिएको छ। इराकमा अहिले ५ हजार अमेरिकी सैनिक रहेका छन्।

संसदले इराकी सरकारलाई अमेरिकी सेनाको सबै सहयोग बन्द गर्न पनि निर्देशन दिएको छ। इराकी संसदको विशेष सत्रमा कामचलाउ प्रधानमन्त्री अब्दुल महदीले चाँडोभन्दा चाँडो इराकमा विदेशी सेनाको उपस्थिति हटाउनुपर्नेमा जोड दिएके अल अरबियाले जनाएको छ ।

Advertisement

उनले प्रधानमन्त्री महदीले इराकले भोग्दै आएको आन्तरिक र बाहृय समस्या आफै समाधान गर्ने पनि बताए। इराकले संसदबाट विदेशी सैनिक हटाउने प्रस्ताव पास गरे पनि सजिलै अमेरिकी सैनिक हट्ने भने छैनन्। अमेरिकी सेनालाई हटाउन इाकी संसदमा विधेयक ल्याएर अमेरिकासँगको सम्झौता भंग गर्नुपर्ने छ।

इराकमा रहेका अमेरिकी सेनाले इराकी सेनालाई तालिम दिइरहेका छन्। तर इराक सरकारले आफ्नो भूमिमा इरानी सैन्य कमान्डर सुलेमानीको हत्या हुनु आफ्नो सम्प्रुभतामाथि प्रहार भएको प्रतिक्रिया दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top