अभिभावकत्व निभाउँदै मन्त्री जीवन घिमिरे,विद्यार्थीलाई पाठ्यसामग्री प्रदान

२३ पुस ७६, बिहीबार

२३ पुस, विराटनगर ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफुले अभिभावकत्व ग्रहण गरेका २ जना विद्यार्थीहरुलाई स्टेशनरी लगायत आवश्यक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफुले अभिभावकत्व ग्रहण गरेका मध्ये कटहरी गाउँपालिकाको जनता मावि थलाहामा कक्षा १ मा अध्ययनरत आशिसकुमार सरदार र शुष्माकुमारी सरदारलाई बुधबार सामाजिक विकास मन्त्रालयमा ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

मन्त्री घिमिरेले विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी, ब्याग, पोसाक लगायत हस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण गर्दै मन्त्री घिमिरेले शिक्षाबाट बन्चित बालबालिकाको पठनपाठनलाई सहजता बनाउन धेरैभन्दा धेरैको अभिभावकत्व लिने बातावरण तयार गर्न नसकिएको बताए । उनले सामाजिक कार्यकर्ताहरुलाई बालबालिकाको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्न आग्रह पनि गरे ।

विद्यार्थीका अभिभावकले मन्त्री घिमिरेले बालबालिकाको पठनपाठनको सम्पूर्ण जिम्मा लिएको र घरबाट खर्च गर्नु नपरेको भन्दै खुसी व्यक्त गरे । शिक्षाबाट बन्चित बालबालिकाकोे शिक्षामा सहयोग गर्न सार्वजनिक पद धारणा गरको व्यक्तिले अभिभावकत्व लिन सक्ने सरकारको अभियान अनुसार मन्त्री घिमिरेले ३ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । जसमध्ये एक जना इलामको विद्या सिर्जनात्मक माविमा कक्षा १० मा अध्ययनरत माङ्सेबुङकी मनिहाङ्मा लिम्बु पनि रहेकी छिन् । यसअघि मन्त्री घिमिरेले उनको उपचारमा पनि सहयोग गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top