सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना घाईते

२३ पुस ७६, बिहीबार

२४ पुस, उदयपुर ।

उदयपुरको २ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन ।  बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका–१० स्थितमा गाईघाटबाट चुहाडे तर्फ जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा त्रियुगा नगरपालिका–७ बस्ने २० बर्षिय सिमा दनुवारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो ।

त्यस्तै घाईते भएका बर्ष २० वर्षीया मन्दिरा बस्नेत,६० वर्षीय गोबिन्द कार्की र ३७ वर्षीय मञ्जु दनुवारको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अटो चालक त्रियुगा नगरपालिका–४ बस्ने बर्ष २८ को होम बहादुर बि.क.लाई नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ ।

Advertisement

त्यसैगरी बुधबार साँझ पौने ६ बजेको समयमा उदयपुरको ताप्ली गाउँपालिका २ धपेनी स्थित भित्री सडक खण्डमा रामपुरझिल्के बाट कटारी तर्फ आउँदै गरेको मे १ ज २६६२ नंबरको बोलेरो गाडी आफैं अनियन्त्रित भई सडकबाट अंदाजि ५० मिटर तल खसेर दुर्घटना हुँदा ताप्ली गाउँपालिका–२ लेकगाउँ बस्ने बर्ष अंदाजि २६ वर्षीय मिलन राई र झापाको बिर्तामोड बस्ने अंदाजि बर्ष ३३ को महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका उदयपुरको ताप्ली गाउँपालिका–२ लेकगाउँ बस्ने बर्ष अंदाजि २७ वर्षीइ बाबु राई, अंदाजि ४० वर्षीया रस माया राई, अंदाजि ३२ वर्षीय मोतिलाल राई उपचारको लागी बिराटनगर तर्फ ल्याईएको छ । साथै बोलेरो चालक सोही गाउँपालिका–१ ओख्ले बस्ने अंदाजि २१ वर्षीय कोमल राज मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top