विराटनगरको ‘आईसीपी’को ओली र मोदीले स्विच थिचेर उद्घाटन गर्ने

५ माघ, विराटनगर ।
विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी)को प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् ।

माघ ७ गते प्रधानमन्त्रीद्वय ओली र मोदीले संयुक्त रूपमा उक्त आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स)मार्फत स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओली सिंहदरबारबाट र मोदी दिल्लीबाट भिडियो कन्फरेन्समा जोडिने तयारी भएको सहरी विकास तथा भवन निर्माण विभागका राजु शर्माले जानकारी दिए।

Advertisement

१ सय २९ बिघामा फैलिएको आईसीपी १ अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको हो । केन्द्र सञ्चालन भएपछि नेपाली व्यवसायीलाई केही सहज हुने यहाँका उद्योगी व्यापारीको विश्वास छ ।

उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको राष्ट्रिय छ । भारतीय सहयोगमा गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन् । भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top