प्रदेश ५ को हिउँदे अधिवेशन सुरु, प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने तयारी

४ माघ ७६, आइतबार

५ माघ, रुपन्देही । प्रदेश नम्बर ५ प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार दिउँसो १ बजे सुरु हुँदैछ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको हिउँदे अधिवेशन आइतबार दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार अधिवेशनमा मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले शुभकामना दिने कार्यसूची छ । हिउँदे अधिवेशनमा प्रदेश सरकारले ६ वटा विधेयक पेस गर्ने तयारी गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सभाको चौथो अधिवेशनसम्म ४९ वटा विधेयक पारित भइसकेका छन् ।

Advertisement

हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाउने प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बताएका छन् । आइतबारको कार्यसूचीमा यो विषयले प्रवेश नपाए पनि यही अधिवेशनबाट प्रदेशको राजधानी र नामाकरणको टुङ्गो लगाउन नेपाली काङ्ग्रेसले दबाब दिने परामर्श समितिका सदस्यसमेत रहेकी सचेतक निर्मला क्षेत्रीले बताइन् ।

प्रदेश सभाको नाम र राजधानीको सिफारिस गर्न बनाइएको विशेष समितिले समेत प्रदेश सभामा आफ्नो प्रतिवेदन बुझाइ सकेकाले अब ढिला गर्न नहुने काङ्ग्रेस सचेतक क्षेत्रीको भनाइ छ । राजधानी तोक्दा पूर्वाधार बनिसकेको क्षेत्रलाई उपेक्षा गर्न नहुने उनले जोड दिइन् ।

प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले पनि सबै पार्टी, प्रदेश सभाका सदस्यहरुको सहमतिमा प्रदेशको स्थायी राजधानी र नामाकरणको टुुङ्गो यही अधिवेशनले लगाउनेमा विश्वस्त रहन आग्रह गरे ।

सकेसम्म ह्विप लगाउने पक्षमा नेकपा नरहेको भन्दै उनले प्रदेशका सबै जनतालाई पायक पर्ने ठाउँ, भौतिक सुविधा र सहमतिलाई आधार बनाएर प्रदेशको राजधानी र नामको टुङ्गो लाग्छ प्रमुख सचेतक ढकालले बताए । सहमतिको लागि अन्तिमसम्म कसरत गर्ने र नभए केन्द्रको निर्देशन र प्रदेश नम्बर तिनको नजिरलाई नजरअन्दाज गर्न नमिल्ने प्रमुख सचेतक ढकालले बताए ।

संविधानअनुसार प्रदेश सभाको स्थायी राजधानी प्रदेश सभाको दुई तिहाइ बहुमतले तोक्ने व्यवस्था छ । ८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१, नेपाली काङ्ग्रेसका १९, समाजवादी फोरमका ५ तथा राजपा र राजमोका एक–एक सदस्य रहेका छन् । प्रदेश सभामा नेकपाको पक्षमा दुई तिहाइ मत रहेकाले नेकपाको निर्णय नै प्रदेशको स्थायी राजधानी र नामाकरणको लागि अन्तिम हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top