तीन वर्षअघि हराएको चन्दननाथ मन्दिरको दत्तात्रेयको चाँदीको मूर्ति फेला

६ माघ, जुम्ला । खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट तीन वर्षअघि हराएको दत्तात्रेयको १८ किलोको चाँदीको मूर्ति जुम्ला चन्दननाथ नगरपालि–१ दानसाँगुमा भेटिएको छ ।

Advertisement

बिहान ९.३० बजे तलिचौरका उमेश देवकोटा, लोकेन्द्र हामाल र लोकदर्शन देवकोटा जौको खेतमा पानी हाल्न गएका थिए। उनीहरुले ठूलो मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरे। उनले चन्दननाथको मूर्ति हुनसक्ने भन्दै प्रहरी लगायत सरोकारवालालाई खबर गरेपछि चन्दननाथ मन्दिरको मूर्ति भएको खुलेको हो ।

चोरी भएको तीन वर्षसम्म पनि नभेटिएको मूल मूर्ति सोमबार दानसाँगुमा भेटिएको डिएसपी लाल बहादुर धामीले बताए । मूर्ति चोरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्त अनुसन्धान गरेको थियो ।

Advertisement

लामो समयको अनुसन्धानबाट नभेटिएको मुर्ति खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको १८ किलोको चाँदीको मूर्ति२०७३ मंसिर १२ गते खलङ्गाबाट हराएको थियो । कान्तिपुरबाट साभार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top