ए डिभिजन लिगः च्यासललाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लियो

६ माघ, काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्षस्थानमा उक्लिन सफल भएको छ ।

दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो । खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि अग्रता लिन भने असमर्थ रहे । दोस्रो हाफको ५८ औं मिनेटमा कप्तान भरत खवासले उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।

मिडफिल्डबाट सेसेहाङ आङदेम्बेले दिएको थ्रु पासमा भरतले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको शक्तिशाली प्रहार च्यासलका गोलरक्षक एलन न्यौपानेले बचाउन सकेनन् ।

Advertisement

आर्मीका लागि ७३ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । च्यासलको कर्नर विफल भएपछि अगाडि बढेको आर्मीको काउन्टर अट्याकमा विकास खवासको वन भर्सेस वनको प्रहारलाई एलनले बचाए । तर त्यसको रिबाउन्डमा अनमार्क रहेका नवयुगले पेनाल्टी क्षेत्रभित्र सहजै गोल गरे ।

खेलको ५ मिनेट समय बाँकी रहँदा आर्मीले अर्को गोल थप्दै जित पक्का गर्यो । पेनाल्टीमा सन्तोष तामाङले गोल गर्दै आर्मीका लागि महत्त्वपूर्ण तीन अंक सुनिश्चित गरे ।

Advertisement

पेनाल्टी क्षेत्रभित्र छिरिङ गुरुङले नवयुगलाई लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोषले गोल गरेका थिए । इन्ज्युरी समयमा आर्मीले अग्रता बढाउने अर्को अवसर पायो । तर नवयुगको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेन ।

यस जितसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा उक्लँदै ३ अंकको अग्रता बनाएको छ । आर्मीले ७ खेलमा ५ जित, १ बराबरी र १ हारसँगै १६ अंक बनाएको छ । दोस्रो स्थानको मनाङ र तेस्रो स्थानको मछिन्द्रको समान १३(१३ अंक रहेको छ ।

यता, च्यासल भने ७ खेलमा १ जित, ३ बराबरी र ३ हारसँगै ६ अंकसाथ १२ औं स्थानमा नै अड्किएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top