मन्त्रिपरिषद्का निर्णयः साझाबाट ३ अर्ब फिर्ता लिनेदेखि दूतावास बेच्नेसम्म

९ माघ, काठमाडौँ  । 
सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । बिहीबार मन्त्रिपरिषद्को बैंठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेकाले उक्त रकम ब्याज सहित फिर्ता लिने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्को २०७६ असार २४ र २९ गतेको बैठकले साझा यातायात सहकारी लिमिटेडलाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्नका लागि सरकारबाट शेयर लगानीबाफत ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । मन्त्री बाँस्कोटाले २०७५ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ विद्युतिय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको र सरकारका तर्फबाट अर्थमन्त्रालयले ३ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको बताए ।

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको २०७६ माघ १२ गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत गर्ने र सञ्चालक सदस्य पदमा मन्त्रालयका सचिवलाई तोक्ने निर्णय समेत गरेको छ । त्यस्तै सरकारले तिब्बतमा बस्दै आएका नागरिकता विहीन हस्तलिखित राहदानीबाहक नेपालीहरुलाई राहदानी जारी गर्न स्वीकृति दिएको छ ।

Advertisement

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा डडेल्धुराका गणेशदत्त भट्ट, सदस्यमा प्रचण्डराज प्रधान, डा. गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेललाई नियुक्त गरेको छ भने बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगको अध्यक्षमा भोजपुरका युवराज सुवेदी र सदस्यमा विश्वप्रकाश भण्डारी, गंगाधार अधिकारी, सुनिल रञ्जना सिंह, र सरिता थापालाई नियुक्त गरेको छ ।

यसैगरी सरकारले जर्मनीको बोन शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बेच्न स्वीकृति दिएको छ । भवनको मूल्य निर्धारण गरी बोल कबोलमा मोल बढाबढमा बिक्री गर्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top