दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सिद्धबाबाको आदेश उल्टियो)
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश उच्च अदालत विराटनगरद्धारा बदर । जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला गिरी भने सुटुक्क भारततिर लागे ।

२.(निर्वाचन परिणाम)
राष्ट्रियसभाको रिक्त १८ सदस्यको निर्वाचनका लागि सातै प्रदेशको परिणाम आउने क्रम जारी / नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित ।

Advertisement

३.(भूमिफियाको खेला)
पश्चिम नवलपरासीको प्रतापपुर–६ मा विद्यालयको जग्गा भूमाफियाले कब्जा गरेको भन्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन / जनजागृति माध्यमिक विद्यालयले प्रयोग गर्दै आएको जग्गा स्थानीय गोविन्द यादवले कब्जा गर्न खोजेपछि विवाद उत्पन्न ।

४.(कलेज बस दुर्घटना)
रंगेलीबाट बिद्यार्थी बोकेर बिराटनगर आउदै गरेको लर्डबुद्ध कलेजको बस रामचौकमा दुर्घटना हुँदा सहचालक सानू साहको मृत्यु / बसमा सवार ६ जना विद्यार्थी सामान्य घाइते ।

५.(स्वास्थ्यप्रति सचेत बनांै)
चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइयो / जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइ चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी ।

६.(आफन्तलाई शव)
मकवानपुरको एभरेष्ट पानारोमा रिसोर्टमा निसास्सिएर मृत्यु भएका आठै जनाको शव आफन्तले बुझे/ नेपालस्थित भारतीय दूतावासको सहकार्यमा मृतकहरूको शव आफन्तलाई बुझाइएको प्रहरीको भनाई ।

७.(भ्रष्ट मुलुक)
केही सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरुको श्रेणीबाट माथि उक्लिन सकेन /सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टका अनुसार ३ अंक बढी प्राप्त गरि नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा ।

८.(देशको बेइज्जत)
गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको एक नगरपालिकाकी उपमेयर दन्ता नेपाली उतै बेपत्ता /  कात्तिकमा कार्यक्रममा भाग लिन अमेरिका गएकी नेपाली एक पटक मात्र सम्पर्कमा आएको मेयर रत्नबहादुर शाहीको भनाई ।

९.(फन्दामा गुरुङ)
गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ पोखराको लेकसाइडको होटलबाट पक्राउ / खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई दुब्र्यवहार गरेको आरोप ।

१०.(सरकारको निर्णय)
बस किनेर चलाउन नसकेको भन्दै साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने सरकारको निर्णय / जर्मनीको बोन शहरमा रहेको नेपाली दुतावासको पूरानो भवन बेच्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति ।

११.(प्रशिक्षण सम्पन्न)
६८ औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न /सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने अहिलेको मुख्य माग रहेको नाडाका अध्यक्ष कृष्ण दुलालको भनाई ।

१२.(सशस्त्रका कुरा)
संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी)शैलेन्द्र खनालको दाबी /संगठनको मूल्य, मान्यता र आचरण विरुद्ध काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरिने ।

१३.(पेट्रोल खोजिदै)
दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत महत्वपूर्ण कार्य ‘साइस्किम सर्भे’ शुरु / विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको विशेषज्ञ टोलीको भनाई ।

१४.(डिभिजनको दौड)
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एपीएफ क्लब जावलाखेल युथ क्लबसंग १—० गोलले पराजित / थ्री स्टारद्वारा हिमालयन शेर्पामाथि ३—१ को जीत दर्ता ।

र,
१५.(आपत्तमा विपत्त)
अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको आगो निभाउने विमान दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु /मोनारो क्षेत्रको पहाडमा विमान ठोक्किएपछि विमानमा आगो लागेको अधिकारीहरुको भनाई ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top