ठगीमा संलग्न गेरुवस्त्राधारी नेतृत्वको कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने

१० माघ ७६, शनिबार

११ माघ, काठमाडौं ।
ठगीमा संलग्न स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्राधारी विजय भण्डारीको नेतृत्वमा शनिबार हुन लागेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी नहुने भएका छन् ।

कार्यक्रम विवादित भएपछि उपराष्ट्रपति कार्यक्रममा सहभागी नहुने भएका हुन् । शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ को उपराष्ट्रपति पुनले उदघाटन गर्ने कार्यक्रम थियो।

त्यसका लागिउपराष्ट्रपति शुक्रबार चितवन पुगेका थिए। भण्डारीले अमेरिका पठाउने भनेर करिब सय जनासँग रकम असुली र वर्षौंदेखि महाराजको आवरणमा ठगी गरेको समाचार कान्तिपुर दैनिकमा शनिबार प्रकाशित भएपछि उपराष्ट्रपतिले कार्यक्रम उद्‌घाटनमा नजाने भएका हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top