×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

कोरोना भाइरस संक्रमितको उपचारका लागि रातारात अस्पताल बनाउँदै चीन

११ माघ २०७६

११ माघ, बेइजिङ ।
कोरोना भाइरस प्रभावितको उपचारका लागि चीनले तीव्र गतिमा छुट्टै अस्पताल बनाइरहेको छ । आउँदो सोमबारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अत्याधुनिक मेसिनहरूको प्रयोग गरी भाइरस उत्पत्ति भएको वुहानमा एक हजार शय्याको अस्पताल भवन निर्माण भइरहेको हो ।

३५ डिगर र १० बुलडोजरसहित भवन निर्माण गर्ने अन्य सयौं मेसिन बिहीबार राति नै अस्पताल निर्माणस्थलमा पुगेको सो पत्रिकाले लेखेको छ ।
अस्पताल सहरबाट अलि पर रहेको ग्रामीण क्षेत्रस्थित ‘होलिडे कम्प्लेक्स’ मा निर्माण भइरहेको स्थानीय ‘चाङझियाङ दैनिक पत्रिका’ ले शुक्रबार लेखेको छ । अस्पताल पूरै प्रिफ्याबरिकेटेड भवनहुने उसले जनाएको छ । २५ हजार वर्गमिटरमा भवन निर्माण हुनेछ ।

Advertisement
Advertisement

‘विद्यमान मेडिकल स्रोतको अभावबाट आउन सक्ने समस्या समाधानका लागि यो अस्पताल निर्माण गर्न लागिएको हो,’ चाङझियाङले लेखेको छ ।निर्माणस्थलमा आफ्ना सयभन्दा बढी कामदार खटिरहेको अस्पताल निर्माण गरिरहेकामध्येको एक कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले शुक्रबार बताएको छ । आफूले सक्दो गरिरहेको र सरकारले तोकेको मितिभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उसले जनाएको छ।

भवन निर्माणका लागि आधार बनाउन हिलाम्मे माटोमा विभिन्न रंग लगाएका दर्जनौं डिगर र निर्माण सामग्री व्यवस्थापनमा कैयौं ट्रकले हतारमा काम गरिरहेको दृश्य राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको छ ।

चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए । नयाँ अस्पतालले सार्स प्रकोपसँग लड्दाको अनुभवलाई प्रयोग गर्ने उद्देश्य लिएको छ । त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।

शनिबार बिहानसम्म नयाँ भाइरसका कारण ४१ जनाको मृत्यु भएको र एक हजार २ सयबढी संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यसैबीच, पहिलोपटक हुबेई प्रान्तबाहिर पनि दुईजनाको मृत्यु भएको जनाइएको छ ।

Advertisement

एक महिनाकै अवधिमा विश्वका लगभगदर्जन देशमा संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले पनि आपत्काल घोषणा गरेको छ । यद्यपि यसलाई अन्तर्राष्ट्रिय तहको महामारी नै भने घोषणा गरिएको छैन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top