×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

बङ्गलादेशमा अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

११ माघ २०७६

११ माघ, काठमाडौँ ।

अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा शुरु भएको छ ।

Advertisement
Advertisement

अपाङ्गताको क्षेत्रमा भएका गतिविधिका बारेमा आफ्ना अनुभव साटासाट गर्न नेपाललगायत विभिन्न देशका मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ता उक्त सम्मेलनमा सहभागी छन् ।

सम्मेलनमा नेपाललगायत मलेसिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० भन्दा बढी प्रतिनिधि छन् ।

अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको अवस्था के छ, उनीहरुको अबस्थामा कसरी सुधार गर्न सकिन्छ, त्यस विषयमा एकअर्का देशको अबस्था के छ र कसरी काम भइरहेको छ भन्ने विषयमा अनुभव साटासाट तथा आएका चुनौतीलाई सामनाका लागि उपायको खोजीमा सम्मेलन केन्द्रित छ ।

आयोजक सामाजिक वैयक्तिक विकासका लागि सहकार्य सिभ्यूस इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले अपाङ्गता भएका व्यक्ति, उनीहरुको अभिभावक र संरक्षणकर्ताको सार्थक जीवनका लागि महत्वपूर्ण योगदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।

अपाङ्गताको क्षेत्रमा काम गर्ने सिभ्युस इन्टरनेशनल सन् १९७४ मा स्थापना भएको संस्था हो । संस्थाले अपाङ्गता भएकाको मानसिक स्वास्थ्य र उनीहरुको व्यवस्थापन र क्षमता विकासमा सहकार्यात्मक क्रियाकलापलाई जोड दिँदै आएको छ ।

सम्मेलनमा नेपालबाट चार कार्यपत्र प्रस्तुत हुँदैछ । प्राध्यापक डा उषाकिरण सुब्बाले शुक्रबार नै ‘नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासिनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरे भने आज द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एशियामा अपाङ्गता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस्तै त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले ‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’, र द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले, ‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Advertisement

उक्त सम्मेलनमा नेपालबाट डा ठगुन्नाको संयोजकत्वमा मनोविमर्शकर्ता एवं शिक्षक नेत्रबन्धु पोखरेल, सिर्जना श्रेष्ठ, गोपीलाल श्रेष्ठ, लुना रिजाल, विमला बडु र आशा लामाको सहभागिता छ । रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top