आजदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने

१३ माघ, काठमाडौं । सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिइन् ।

उनका अनुसार कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले सोमबारदेखि परीक्षण गर्ने तयारी छ । उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुने पनि उनले बताइन् ।

Advertisement

यसैबीच चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ । चीनबाट आएका व्यक्तिमा सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै रसुवागढी नाकामा रहेको चिनियाँ क्वारेन्टाइन कार्यालयले कोरोना सङ्क्रमण भएका पर्यटक आए त्यहीँबाट चीन फर्काइदिने तर नेपालीमा कोरोना भेटिए नेपाली स्वास्थ्यकर्मीको जिम्मा लगाउने सहमति भएको छ ।

नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरसको पुष्टि भएको र अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शङ्का गरिएको दुई जनाको नमुना परीक्षणको लागि हङकङ पठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

शङ्का गरिएका दुई जनालाई डाक्टरको निगरानीमा राखिएको छ । कोरोना भाइरसबारे सचेत हुन तर नआत्तिन स्वास्थ्यकर्मीले सवैलाई आग्रह गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top