सहिद स्मारकको उपाधि होडमा मनाङ यथावत

२६ माघ ७६, सोमबार

२६ माघ, काठमाडौँ ।
साविकको च्याम्पियन मनाङ मस्र्याङ्दीले सहिद स्मारक ‘ए डिभिजन लिगमा आइतबार न्युरोड टिम (एनआरटी)लाई ४–१ ले हराउँदै उपाधि होड कायमै राखेको छ । ११ औ चरणको अन्तिम एक खेलमा मनाङले एनआरटीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि यात्रालाई आइतबार जिवन्त राखेको हो ।

फराकिलो जित निकालेको मनाङ २२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यद्यपि मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ अंकले पछि छ । लिगमा अब दुई खेल बाँकी रहेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा मनाङलाई जित दिलाउन अञ्जन बिष्टले २ तथा बिमल राना र दयानन्द सिंहले समान १–१ गोल गरे । एनआरटीका लागि सकल रेग्मीले सान्त्वना गोल गरे ।

लिगमा १२ औं चरणका खेलहरु सोमबारबाटै हुनेछन् । सोमबार तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने तीन खेल मध्ये पहिलो फ्रेण्ड्स क्लब र एपीएफ, दोस्रो खेल च्यासल युथ क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेल मच्छिन्द्र र संकटा क्लबबीच हुनेछ । ११ औं चरणको खेलको समाप्तिमा २६ अंक सहित त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । २५ अंक जोडेको मच्छिन्द्र दोस्रो, २२ अंकमा मनाङ तेस्रो र २० अंकमा थ्रीस्टार चौथो स्थानमा छन । ४ अंक मात्र भएको सरस्वती रेलिगेशन क्षेत्रमा छ भने एक अंकले मात्र अगाडि एपिएफ रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top