सिन्धुपाल्चोकमा कोरोनाको आशंका, १०० भन्दा बढीलाई रुघा र ज्वरो

२८ माघ ७६, बुधबार

२९ माघ, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् ।

गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन्।

Advertisement

त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए। माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताए।

उनले भने, २३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी देखिएको थियो। उक्त संख्या मंगलबार बढेर सय नाघ्यो। अवस्था पनि गम्भीर बन्यो त्यसैले हामीले पत्र लेखेका हौं।

Advertisement

एकै गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको बताए। हामीसँग भएको जनशक्ति, औषधि पठाएका छौँ। यहाँ मेडिकल सानासाना छन्, मेडिकलबाट केही जनशक्ति पठाएका छौं, उनले थपे, हामीले बिहानदेखि परीक्षणका लागि आग्रह गरेका हौं र थप बल पुगोस् भनेर पत्र पठाएका छौं।

हाम्रो टोली उक्त ठाउँमा गएको छ। गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन। हेल्थपोस्टहरूबाट मास्क लगेर वितरण गरेका छौं। बिरामीको अवस्थाबारे श्रेष्ठले भने, एम्बुलेन्स लिएर गएका थियौं।

केहीको अवस्था त्यसमा बस्न सक्ने पनि छैन। (कोरोनाको संक्रमण) हो कि होइन भनेर पनि चाँडै चेक त गर्नुपर्‍यो। संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए।

उनले भने, केन्द्रमा पनि सम्पर्क गरेका छौं। चीनबाट मान्छे आउने जाने नभएको भएपछि चेक गरिहाल्नु पर्दैन भन्नुभयो। भाइरल सबैतिर छ आत्तिइहाल्नु पर्दैन भन्ने कुरा छ उहाँहरूको। बुधबार बिहान एमबीबीएस डाक्टरलाई लगेर उक्त ठाउँमा जान लागेको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top