अमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

२९ माघ, काठमाडौं ।
काठमाडौँमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा अल आउट गर्दै नेपालले विश्व कीर्तिमान रचेको छ ।

बुधबार कीर्तीपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका छन् । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

Advertisement

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शुन्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिदै शून्यमा पेभिलिएनको बाटो देखाएका थिए । सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे । सुशनले आफ्नो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए । सुशनले सातौं ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए ।

आठौं ओभरको दोस्रो बलमा सन्दीपले मोनन्क पटेललाई ४ रनमा बोल्ड आउट गरे । सन्दीपले यसै ओभरको पाँचौ बलमा निसरग पटेललाई २ रनमा बोल्ड आउट गरेपछि अमेरिका संकटमा परेको हो । नवौं ओभरको तेस्रो बलमा सुशनले आरोन जोन्सलाई ४ रनम बोल्ड आउट गरे । सन्दीपले १० औं ओभरको पाँचौ बलमा तिमिल पटेललाई १ रनमा एलबिडब्लू आउट गरे ।

Advertisement

११ औं ओभरको पहिलो बलमै सुशनले क्यामरन स्टिभेन्सनलाई १ रनमा बोल्ड आउट गरे । भारीले अन्तिम बलमा रस्टी थेरनलाई शुन्यमा एलबी डब्यू आउट गरे । सन्दीपले १२ औं ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसबाट ४ रनमा क्याच गराउँदै आफ्नो ओडीआई करिअरमा पहिलो पटक पाँच विकेट पुरा गरे । उनी ओडीआईमा नेपालबाट पाँच विकेट पुरा गर्ने दोस्रो खेलाडी हुन् । यस अघि युएईसँगको दोस्रो एक दिवसिय खेलमा सोमपाल कामीले लिएका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top