सन्दीप ओडीआईको एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी

२८ माघ ७६, बुधबार

२९ माघ, काठमाडौं ।
सन्दीप लामिछाने ओडीआई क्रिकेटमा एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् । काठमाडौँमा बुधबार सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले अमेरिकाविरुद्ध ६ विकेटको कीर्तिमान बनाएका हुन् ।

यसअघि सोमपाल कामीले एकै खेलमा ५ विकेट लिएका थिए । गत वर्ष नेपालले यूएई टुर गर्दा सोमपालले दोस्रो खेलमा ५ विकेट लिएका थिए ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा सन्दीपले धातक बलिङ गर्दै अमेरिकाका ६ ब्याट्सम्यानलाई आउट गरे । उनले ६ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् ।

सन्दीप र सुशनले धातक बलिङ गर्दै १० विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरमै ३५ रनमा अलआउट गरेको हो । ओडीआई क्रिकेट इतिहासमा यो विश्वकै सबैभन्दा कम स्कोरको बराबरी हो । यसअघि सन् २००४ मा जिम्बावे श्रीलंका विरुद्ध १८.४ ओभरमा ३५ रनमै अलआउट भएको थियो ।  खेलमा अमेरिकालाई नेपालले ८ विकेटले हराएको छ ।

Advertisement

रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग
स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई बराबर ८,८४८ रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन्। उनले यस श्रृङ्खलामा जम्मा ८ विकेट लिएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top