अमेरिकामाथि नेपालको कीर्तिमानी जित

२९ माघ, काठमाडौँ ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत नेपालले अमेरिकालाई ८ विकेटले हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बुधबार भएको अन्तिम खेलमा अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । ओडीआईमा नेपालको यो सर्वाधिक छिटो जित हो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । त्यस्तै पारस खड्का १२ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटिएको थियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।

Advertisement

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका हुन् । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

सन्दीप ओडीआईमा नेपालबाट पाँच विकेट पुरा गर्ने दोस्रो खेलाडी हुन् । यस अघि युएईसँगको दोस्रो एक दिवसिय खेलमा सोमपाल कामीले लिएका थिए ।

Advertisement

लिग २ मा शीर्ष स्थानका साथ यस शृंखलाको सुरुआत गरेको अमेरिका सबै चार खेलमा पराजित भयो । नेपालले अमेरिकासँगको दुबै खेल जित्यो । ओमानले सबै चार खेल जिति लिग २ को शीर्ष स्थानमा पनि पुगेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top