क्वारेनटाइनमा रहेका भन्छन्- सरकारले सोचे भन्दा बढी सेवासुविधा दिएको छ

४ फागुन, काठमाडौँ ।
चीनबाट नेपाल ल्याएर भक्तपुरस्थित क्वारेन्टाइनमा रखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले आफूहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरेका छन् ।

उनीहरुले टेलिफोनमार्फत कुराकानी गर्दै नेपाल जस्तो देशले पनि सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्रकट गरेका छन् । उनीहरुले आफूहरुप्रति चिन्ता लिएर सहानुभूति प्रकट गरेकोमा सबै नेपालीप्रति पनि धन्यवाद ज्ञापन गरे।

उनीहरुले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै आफूहरु सबैको आवश्यक परिक्षणका लागि खकार र सिगान लगिएको जानकारी पनि गराए। साथसाथै स्वास्थ्य टोलीले नियमित निगरानीमा राखेको पनि जनाए। यस्तै, त्यहाँं रहेका सबैलाई सुरक्षाको दृष्टिले अपनाउनुपर्ने सम्पूर्ण सेवासुविधाहरु उपलब्ध गराइएको बताए।

‘हामीलाई यहाँं खानादेखि सबैकुराको राम्रो बन्दोबस्त छ, होचांग युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा पीचएडी अध्ययनरत रही हाल क्वारेन्टाइनमा रहेका दिगम्वर खोतेजाले भने , ‘आवश्यकता अनुसार स्वास्थ्यकर्मीको टोलीले नियमित चेकजाँंच गरिराहेको छ।’ आफूहरुभित्र रमाइलोसँंग बसिरहेको उनीहरुले बताए। कोही पढेर, कोही खेलेर त कोही खुला ठाउँं भएकोले निश्चित क्षेत्रमा हिडडुल गरेर रमाइलो गरिरहेको जानकारी उनले गराए। रमाइलोको लागि खेलकुदलगायतका विभिन्न सामग्रीहरु रहेकोले आफूहरुलाई दिन बिताउन पनि सहज भएको उनीहरुले बताए।

खाना तयार भएपछि घण्टीबाट जानकारी हुने र त्यसपछि मिलाएर लिन गई खाने बन्दोबस्त रहेको उनीहरुले जनाए। क्वारेन्टाइन व्यवस्थापक सागर दाहालले क्वारेन्टाइनभित्र मात्रै नभई सबैतिर व्यवस्थित पारेको जनाए।

खरिपाटी क्वारेन्टाइनमा एक सय ७५ जना छन्, जसमा एक सय ३५ पुरुष र ४० महिला रहेका छन्। उनीहरु आइतबार बिहान ६ बजे त्यहाँं पुगेका थिए। उनीहरुलाई लिन गएको विमानको पाइलट, कोपाइलट, परिचारिका तथा स्वीपरसहित १७ जना भने नगरकोटस्थित खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा छन्। उनीहरुलाई बिहान ६ बजेर ३५ मिनेटमा त्यहाँंबाटमाथि खानेपानी तालिम केन्द्रमा लगिएको बताइएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top