×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शेखर कोइरालाले भने–एमाले र माओवादी संघीयताको पक्षमा थिएनन्

४ फाल्गुन २०७६

४ फागुन, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रमुख राजनीतिक दलहरुको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताएका छन् । वर्तमान सरकारको २ वर्ष संघीयता कार्यान्वयनमा उदासिनता विषयक अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्।

नेपाली कांग्रस, तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी संघीयताको पक्षमा नभएपनि मधेश आन्दोलन र संविधान बनाउँदा राज्य पुनसंरचना गर्ने भन्ने विषय उल्लेख भएका कारण संघीयलता लागु भएको उनले बताए । संघीयतालाई राजनीतिक दल र सरकारमा रहेको दलले सफल पार्ने उल्लेख गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षमा रहेको पनि उत्तिकै भूमिका हुने बताए ।

Advertisement
Advertisement

सत्तारुढ दल नेकपाका नेता देव गुरुङले संविधान संशोधन नहुँदासम्म संघीयता कार्यान्वयन हुन नसक्ने बताए । अहिलेको संविधान नै त्रृटीपूर्ण रहेको उल्लेख गर्दै गुरुङले संविधानलाई ‘सम्झौताको डकुमेन्ट हो’ भने । वित्तिय व्यवस्थापन र कर्मचारी समायोजन लगायतका केही कुराहरु संघीयताअनुसार भएपनि उपयुक्त समयमा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएन भने संघीयता कार्यान्वयनमा समस्या हुने उनले बताए ।

Advertisement

सरकारले दुई वर्षे कार्यकाल समाप्त गरेसँगै सरकारका काम कारवाहीलाई लिएर चौतर्फी आलोचना बढिरहको छ । नेकपा भित्रकै नेताहरुका असन्तुष्टिहरु सार्वजनिक कार्यक्रममा आउन थालेका छन् । यद्यपी सरकारको ध्यान विकास निर्माणमा केन्द्रीत भएका कारण संघीयता कार्यान्वयनमा केही समस्या देखिएको नेताहरुले बताएका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top