×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

गगन थापाले संसदमा स्वस्थानीको श्लोकमा विष्णु पौडेललाई व्यंग्य गरे

६ फाल्गुन २०७६

६ माघ, काठमाडौँ ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक वियषयमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अतहर कमाल मसलमानले संसदभित्र धर्मका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गरे ।

जनताबाट निर्वाचित जनप्रतिनिधिले सदनभित्र विभिन्न धर्मका मत प्राप्त गर्ने र ती धर्मका बारेमा टिका टिप्पणी गर्दा सदनको गरिमामा आच आउने भएकाले धर्मका विषयमा अनावश्यक विवाद र बहस नगर्न आग्रह गरे ।

Advertisement
Advertisement

सांसद अमरेशकुमार सिंहले उखु किसानहरुले भुक्तानी नपाएको कुरा पटक पटक उठेपनि अझसम्म भुक्तानी पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग मन्त्रालयमा भएको सहमति अझैपनि कार्यान्वयन भएको भन्दै उहाँले सरकार किसान र जनता को हो की ? विचौलिया र दलालको को हो ? भन्दै प्रश्न गरे । उनले चाँडै किसानहरुको भुक्तानी दिनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको प्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथा लगायतका महिला हिंसा भेदभावहरुको भित्रि कारण खोजेर मनको गोठ भत्काउने अभियान सुरु गर्नुपर्ने बताइन् । उनले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा समाचारमा आएपछि मात्रै सरकारले थाहा पाउने गरेको भन्दै दुःख समेत व्यक्त गरे ।

सांसद इन्दु कुमारी शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका कर्मचारीले तल्लो दर्जाका कर्मचारीहरुलाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गरिन् । आफु मातहतका कर्मचारीहरुलाई हेपाहा प्रवृतिका भाषा प्रयोग नगर्न उनले आग्रह गरिन् ।

सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताइन । दुई वर्षको समयमा सरकारले कुनै ठोस कार्यक्रम देखाउन नसकेको भन्दै उनले सरकारको प्रशंसा गरेर समाचार नछापेको भन्दै सञ्चारामध्यमलाई थर्काउने काम भएको बताइन् । आफै बालुवाटारमा बासुरी बजाउने अनि किन छाप्यौ भनेर थर्काउने भन्दै उनले प्रश्न समेत गरिन् ।

सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका २२ सुन्धारा छेउमा रहेको सरकारी जग्गा १ सय वर्षदेखि मुस्लिम समुदायले प्रयोग आएकोमा अहिले त्यहाँको जग्गा विचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । वि.स.२००२ सालमा मस्दिज बनाएर मुस्लिम समुदायले प्रयोग गरिरहेको जग्गा अहिले कसरी व्यक्तिको नाममा आयो भन्दै उनले प्रश्न समेत गरिन् ।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थला निर्माणका क्रममा अधिग्रहण गरिएको थप जग्गाको मुआब्जाका विषयमा आफ्नो धारणा राखे ।

सांसद खेमप्रसाद लोहनीले बुढिगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रको जग्गाको मुआब्जा निर्धारण सरकराले गरेपनि आरुघाट खहरे लगायतका स्थानीयले मुल्यको एक चौथाई पनि नपाएको भन्दै विरोध गरिरहेको प्रति ध्यानाकर्षण गराए । उनले मुआब्जा पुर्ननिर्धारण गरी जनताका माग सम्बोधन गर्न आग्रह गरे ।

सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरे । उनले भने, ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्बादे श्री स्वस्तानी कथाले बालुवाटार प्रकरण वर्णायम प्रमथ अध्याए धन्यवाद’

सांसद गणेशकुमार पहाडीले युटिलिटी करिडोरका लागि छुट्टै कानून आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद गौरीशंकर चौधरीले टीकापुरबाट निर्वाचित सांसद रेशम चौधरी लगायत थारु आन्दोलनका क्रममा जेल परेकाहरुको रिहाइको माग गरे । उनले टीकापुर घटनाका विषयमा गठित लाल आयोगको प्रतिवेदन माग गर्दै चौधरी लगायत अन्यमाथि लागाइएका झुठा मुद्दाहरु फिर्ता गरि रिहाइको माग गरेका हुन् ।

Advertisement

सांसद जुली कुमारी महतोले जनकपुरमा र भैरहवामा भएका सामूहिक बलातकारका घटनामा पक्राउ गरेका दोषिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरिन् । त्यसैगरी तराई जिल्लामा चलनमा रहेको दाईजो, बालविवाहका घटना कम गर्न लागि सरकारले विशेष कानून ल्याएर योजना बनाउन आग्रह गरिन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top