विकास निर्माण र चुरे क्षेत्रको संरक्षण एकैसाथ लान चुनौती :मन्त्री पुन

६ फागुन ७६, बुधबार

६ फागुन, काठमाडौँ ।
विकास निर्माणका कार्यक्रम र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन चुनौति रहेको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताएका छन्। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरले आयोजना गरेको चुरे संरक्षण सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पुनले विकास निर्माणको कामसँगसँगै चुरे क्षेत्रको संरक्षणमा चुनौति बढेको बताएका हुन् ।

उनले राष्ट्रिय गौरवका आयोजना निर्माण हुँदा बनजंगल तथा चुरे क्षेत्र मासिने अवस्था आउने भएकाले चुनौति बढेको बताए । तराई मधेश र चुरे क्षेत्रमा सरकारले ठूला योजनाहरु प्रस्ताव गरेपछि चुरे क्षेत्रको संरक्षणलाई राजनीतिक मुद्दाको रुपमा पनि उठाउन खोजिएको उनले बताए । उनले एकातिर चुरो संरक्षणको महत्व जैविक विभिधताको संरक्षणको रुपमा र अर्कोतिर सामाजिक विविधता तथा एकताका कुराहरुको रुपमा तथा जलाधारको संरक्षणको रुपमा समेत रहेको बताए । विकास निर्माणका गतिविधि अगाडि बढाउँदा चुरे क्षेत्रमा क्षति हुन सक्ने भएकाले चुरे संरक्षणको योजनालाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको उनले बताए ।

नेपालको करिब १३ प्रतिशत भूभाग चुरे क्षेत्र रहेको छ भने ४५ लाख जनसंख्या यस क्षेत्रमा बसोबास गर्छन् । सरकारले चुरे क्षेत्रको संरक्षणका लागि चौथो पञ्चवर्षिय योजना (१९७०÷१९७५) देखि नै महत्व दिदै आएको थियो । तर आर्थिक वर्ष २०६६÷०६७ देखि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति मार्फत चुरे क्षेत्रको संरक्षणका कार्यक्रमहरु गर्दै आएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top