Nepal Times
Nepal Times
3
Shares

समृद्धि र विकास अबको आवश्यकता : अध्यक्ष तिमिल्सिना

समृद्धि र विकास अबको आवश्यकता : अध्यक्ष तिमिल्सिना

पोखरा, चैत ७
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताए ।

अध्यक्ष तिमिल्सिनाले रिबन काट्ने र भाषणबाट नभै जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको उल्लेख गरे । “संघीय संसद्ले छिटोभन्दा छिटो कानून बनाएर प्रदेश सरकारलाई बुझाउन सक्यो भने विकास र समृद्धिका कार्य छिटो अगाडि बढ्न सक्छन्,” उनले भने, “पाँच वर्षको अवधिमा नेपाली जनताले समृद्धिको महसुस गर्ने अवस्था सिर्जना गर्नु अपरिहार्य छ ।”

देशको अर्थतन्त्र घाटामा रहेको बताउँदै उनले करको दायरा बढाएर विकासका योजना अगाडि बढाउनुपर्नेमा जोड दिए । भ्रष्टाचार न्यूनीकरण गर्दै आम नागरिकलाई सुशासन दिन सक्नुपर्नेमा उनको जोड छ । देशमा विधिको शासन हुनुपर्नेमा जोड दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाउँदै न्याय एवं सुशासनपूर्ण वातावरणको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बोल्नेभन्दा काम गरेर देखाउने समय आएको बताउँदै अब जनताले कामप्रति चासो दिन थालेको उल्लेख गरे ।

रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.