हात्तीमा क्षयरोगको संक्रमण घट्दै

६ चैत ७४, बुधबार

चितवन, चैत ७
देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा समस्याको रुपमा देखिएको क्षयरोगको संक्रमण न्यूनीकरण हुँदै गएको छ । अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरिनरी डाक्टर अमृत सडौलाका अनुसार सन् २०१४ सम्ममा क्षयरोगको संक्रमणका कारण १५ हात्ती मरेका थिए ।

त्यसयता संक्रमणले हात्ती मर्न पाएका छैनन् । सन् २००२ बाट संक्रमण देखा पर्न थालेको भएपनि अनुसन्धान गरी रोगको पहिचान गर्न सन् २००७ सम्म लागेको थियो ।

सन् २०१६ मा गरिएको पछिल्लो परीक्षणमा नौवटा हात्तीमा मात्र संक्रमण देखिएको थियो । त्यतिबेला ९३ वटा सरकारी हात्तीमा परीक्षण गरिएकामा पाँचवटा औषधि खाइरहेका र चारवटा नयांँ हात्तीमा संक्रमण देखिएको सडौलाले बताए ।

Advertisement

त्यसअघि सन् २००७ यता ६१ वटा हात्तीलाई क्षयरोग संक्रमणविरुद्धको औषधि खुवाइएको थियो । पांँचवटा बाहेक अन्य ५६ वटा हात्ती रोगबाट मुक्त भएको उनले बताए ।

संक्रमण देखिएका हात्ती १५ वर्षमाथिका रहेका छन् । हात्तीको क्षयरोग परीक्षणका लागि किट पाउन कठिन हुने गर्दछ । सडौलाका अनुसार अमेरिकाको चेम्बियोमा मात्र किट पाइने र एउटा किटको २० डलर पर्ने हुँदा खरिदमा कठिन पर्नेगरेको छ । जसका कारण यसवर्ष माइक्रो ब्याक्टेरियम ट्युवरक्लोसिसको डिएनए परीक्षण गरेर हात्तीमा रोग संक्रमण भए नभएको पत्ता लगाउन लागिएको उनले बताए ।

मान्छेबाट पशुमा र पशुबाट मान्छेमा पनि क्षयरोग सर्ने भएकाले क्षयरोग लागेका हात्तीलाई अलग्गै राख्ने गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठककाअनुसार संक्रमण देखिएका हात्तीलाई अरु हात्ती भन्दा एकान्तमा राख्ने, उपचार गर्ने र सामान्य गस्ती बाहेक काम लगाइएको छैन ।

हात्तीमा रोग देखापरे पनि हालसम्म माउते र सहयोगीमा रोग सर्न नपाएको निकुञ्जले जनाएको छ । नेपालमा प्रकृति संरक्षण कोषको सातसहित सरकारी एक सयवटा र निजी एक सय हात्ती रहेका छन् ।

निजी र सरकारी हात्तीमा मानिसबाटै रोग सरेको अनुमान गरिएको छ । हात्तीलाई पर्यटक घुमाउन, वनक्षेत्रमा गस्ती गर्न, वन्यजन्तु नियन्त्रणमा लिन प्रयोगमा ल्याइँदै आएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top