जन्मदिन मनाउने खर्च कटाएर विपन्न विद्यार्थीलाई पाठ्यसामग्री

११ फागुन ७६, सोमबार

१२ फागुन, विराटनगर ।

Advertisement

पहिलो पाईला नेपाल विराटनगर शाखाले इटहरी उपमहानगरपलिका वडा न. ३ मा रहेको सिंहदेवी आधारभूत विद्यालयमा पाठ्सामग्री वितरण गरेको छ ।

Advertisement

संस्थाले एक कार्यक्रम गरि ५० दर्जन कापी , ५५ जोर विद्यालय जुत्ता, डटपेन, सिसाकलम लगायत खेलकुदका विभिन्न सामग्री वितरण गरेको छ । जर्मनीमा बस्ने दम्पतीद्वय बिनोद राई र अर्पना देवानले दुई वर्षीया छोरी आर्गिसा राईको जन्मदिनको अवसर पारेर प्रदान गरेको सहयोग पहिलो पाइलाको संयोजनमा वितरण गरिएको हो ।

नेपाली समाजमा जन्मदिन मनाउने बहानामा विभिन्न फजुल खर्च गर्ने परम्परा बढदै गएको भन्दै सो खर्चलाई नियन्त्रण गर्दै समाज तथा बिपन्न बालबालिकामा लगानी गर्न सके एउटा सकारात्मक सन्देश जाने तथा बालबालिकाहरुको शैक्षिक स्तर आकास्न सानै भएपनि टेवा पुग्ने भनेर जन्मदिन मनाउने खर्च पाईला नेपाल संगको सहकार्यमा खर्च गरिएको आर्गिसाका हजुरबुबा चन्दन देवानले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top