अब संसद अवरुद्ध नगर्ने कांग्रेससहित तीन दलको सहमति

१२ फागुन ७६, सोमबार
Share this
716shares

१२ फागुन, काठमाडौं ।
प्रतिपक्ष तीन दलहरुले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने सहमति गरेका छन्। नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको बसेको बैठकमा प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय भएको हो ।

Advertisement

निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ। कांग्रेस सचेतक पुष्पा भुसालले भनिन् ‘संसद अवरुद्ध गरेर मात्रै समस्याको समाधान हुँदैन, हामी तीन दल मिले अघि बढ्ने समझदारी बनाएका छौं।’

छलफलमा कांग्रेसबाट सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की र अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया र राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण सहभागी थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top