विराटनगर, चैत ८
न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेटको पहिलो पालीमा इंग्ल्याण्डले खराब प्रदर्शन गरेको छ । टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइको इंग्ल्याण्ड २० ओभर ४ बलमा ५८ रनमै मिमित हुन पुग्यो ।
ट्रेण्ट बोल्टले ६ र टीम साउथीले चार विकेट लिएपछि इंग्ल्याण्डका पाँचजना खेलाडी शून्य रनमा आउट भए भने अरु चार जनाले दोहोरो अंकको रन बनाउन सकेनन् ।
२७ रन जोड्न ९ विकेट गुमाएको इंग्ल्याण्डको इनिङ क्रेइग ओभर्टनले केही सम्हाल्ने प्रयास गरेपनि उनले व्यक्तिगत ३३ रन मात्र बनाउन सके । २५ बल सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे । मार्क स्टोनम्यानले ११ रन बनाए ।
६४ बल बलिङ गरेका बोल्टले ३ मेडन राख्दै ३२ रन दिएर ६ विकेट लिए भने १० ओभर बलिङ गरेका साउथीले ३ मेडनसहित २५ रन खर्चिएर ४ विकेट हात पारे । सन १९५५ को मार्च २५ तारिखमा इंग्ल्याण्डसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड मात्र २६ रनमा अलआउट भएको थियो ।