Nepal Times
Nepal Times
3
Shares

रियल मड्रिडका पूर्व खेलाडी जावी अलान्सोमाथि कर छलीको आरोप

रियल मड्रिडका पूर्व खेलाडी जावी अलान्सोमाथि कर छलीको आरोप

विराटनगर, चैत ८
विश्वचर्तीत फुटबल खेलाडी जावी आलान्सो माथि पनि कर छलीको आरोप लागेको छ । रियल मड्रिड तथा लिभरपुलका पूर्व खेलाडी रेहेका अलान्सोमाथि कर छलीको आरोप लागेको हो । उनी माथि लागेको आरोप प्रमाणित भए ५ वर्षको जेल सजाय हुनसक्नेछ ।

स्पेनको राजश्व कार्यालयले अलोन्सोले सन् २०१० देखि २०१२ सम्म २४ लाख अमेरिकी डलर छलेको दावी गर्दै मुद्दा दायर गरेको हो । उनले आफ्नो इमेज राइट्सबाट पाएको रकमको कर नतिरेको मुद्दामा दावी गरिएको छ ।

तर, अलान्सोले आफूले कुनै गल्ति नगरेको बताए पनि यस बारेमा अनुसन्धान भइरहेको छ । करछली आरोप लागेका बेला अलान्सो रियाल मड्रिडमा खेलिरहेका थिए ।

३६ वर्षे अलान्सोलाई विपक्षी वकिलहरुले चार मिलियन युरो जरिवाना तिर्नुपर्ने माग गरेका छन् । अलान्सोको यो मुद्दा यसअघि २०१७ मै दायर भए पनि त्यसबेला प्रयाप्त प्रमाण नभएको भन्दै साम्य भएको थियो ।

स्पेनमा कर छलिको मुद्धामा पर्ने अलान्सो एक्लो फुटबलर भने होइनन् । यस अघि एलेक्सिस सान्चेजलाई पनि कर छलेको आरोपमा १६ महिनाको जेल सजाय सुनाइएको थियो । त्यस अघि २०१३ मा मर्सेलोलाई पाँच लाख ७६ हजार अमेरिकी डलर कर छलेको आरोप लागेको थियो ।

यस्तै लियोनल मेस्सी र उनका पिता जोर्जलाई २१ महिनाको जेल सजाए सुनाइएको थियो । क्रिस्टियानो रोनाल्डोका साथै जोजे मोउरिनोलाई पनि स्पेनीस अदालतले कर छलेको आरोप लगाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.