×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

पाँचौं विराट गोल्डकपको तयारी तिब्र (फोटो फिचर)

८ चैत्र २०७४

बिराटनगर, चैत ८
बिराटनगर स्थित शहिद रंगशालमा हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा १० टिमले सहभागिता जनाउने भएका छन् । आगामी चैत १७ गतेदेखी सुरु हुने पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा स्वदेश तथा विदेशी गरि १० टिमले सहभागिता जनाउने भएका हुन् ।

Advertisement
Advertisement

प्रतियोगितामा भारतको सिक्किम युनाइटेड, भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

त्यस्तै नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ को सहभागिता रहने छ ।

मोफसलकै सर्वाधिक राशी पुरस्कार राखेको विराट गोल्डकप रातीको समयमा पनि हुने भएको छ । यही चैत १७ गतेदेखि २६ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने आयोजना विगतको जस्तै ऐतिहासिक हुने विराट गोल्डकप टुर्नामेन्टका अध्यक्ष रिजालले जानकारी दिए ।

प्रतियोगितामा प्रयोजक, सहप्रायोजक, प्रबद्र्धक, टिकट विक्रीलगायतबाट १ करोड ३ लाख आम्दानी हुने र खर्च १ करोड बराबरको हुने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेतालाई १२ लाख ७१ हजार, उपविजेतालाई ५ लाख ५१ हजारसहित कप प्रदान गरिनेछ ।

यस्तै प्रत्येक दिनको खेलमा म्यानअफ द म्याच हुने खेलाडीलाई १० हजार नगद र शिल्ड प्रदान गर्ने र म्यान अफ द टुर्नामेन्ट हुने खेलाडिलाई मोटरसाइकल र पदक प्रदान गर्ने रिजालले जानकारी दिए । यसबाहेक प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र टिममध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार राशिको पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

विराटनगरस्थित सहिद रंगशाला विगत भन्दा केही व्यवस्थित छ । तार जालीले घेरिएको छ । फुटबल मैदान पानी नजम्ने बनाइएको छ र मैदानलाई अझै व्यवस्थित गर्ने प्रयास अहिले पनि भइरहेकै छ ।

विगतमा हुने गरेको विराट गोल्डकप फुटबल टुर्नामेन्ट भन्दा यस पटकको प्रतियोगिता ऐतिहासिक र अझै भव्य हुने आयोजकको भनाइ छ ।

गत २०७२ सालको फुटबल प्रतियोगिता पनि सफल भएको आयोजकको दाबी छ । आयोजकले सुरुका खेलका लागि १ सय ५० देखि २ सय, सेमिफाइनलका लागि २ सय देखि २ सय ५० र फाइनल खेलका लागि २ सय देखि ३ सय सम्मका टिकट विक्री गर्ने जनाएको छ ।

प्रतियोगितालाई व्यवस्थित गर्न आधा दर्जनबढी विभिन्न उपसमिति पनि निर्माण गरि सोही अनुसारको भब्य तयारी समेत थालिएको छ ।

प्रदेश १ को राजधानी भएपछि पहिलो पटक हुन लागेको विराट गोल्डकपलाई सोही अनुसार व्यवस्थापन गर्ने आयोजकको तयारी छ । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

Advertisement
Advertisement

मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन समयमा आयोजना हुन लागेको हो । स्थानीय टिमले यसपटक पनि राम्रो समर्थक पाउने आशा गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top