×

NEPAL TIMES UPDATES

Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026
Playing
राष्ट्रपति, प्रधानमन्त्रीसहित पदाधिकारीको सम्पत्ति छानविन सुरु, आयोगले माग्यो सम्पत्ति विवरण
May 14, 2026

कोभिड–१९ का कारण इरानमा २१० जनाको मृत्यु

१७ फाल्गुन २०७६

१७ फागुन, एजेन्सी ।
इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका छन्। यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्।
शुक्रवार अपरान्ह इरानले १४३ वटा नयाँ घटनाहरू देखा परेको भन्दै देशभर ३८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको बताएको थियो।

इरानी अधिकारीहरूले कोभिड–१९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन्।

शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्‍गठन डब्लुएचओका आपत्‍कालीन कार्यक्रमका निर्देशक डा. माइकल रायनले इरानमा देखिएको उच्च मृत्युदरले शुरूमा अनुमान गरिएको भन्दा कोरोनाभाइरसको प्रकोप ठूलो रहेको देखाएको बताएका छन्।

आइतवार वा सोमवारसम्म मद्दतका लागि डब्लुएचओको एउटा टोली इरान पुग्दैछ। डा. रायनले इरान प्रवेश र हवाई पहुँच जस्ता कारणले टोली पुग्न केही ढिलो भएको बताउँदै संयुक्त अरब एमिरेट्सले सहयोग गरिरहेको बताए।

केही स्वास्थ्य विज्ञहरूले नौ दिनअघि कोभिड–१९ देखिएपछि इरानी अधिकारीहरूले जनाइरहेको प्रतिक्रियालाई लिएर प्रश्न गरिरहेका छन्।
राष्ट्रपति हसन रूहानीले कुनै पनि शहर वा क्षेत्रलाई ुक्‍वारन्टीनुमा राख्ने कुरा अस्वीकार्य रहेको बताएका छन्।

तर डब्लुएचओका संयुक्त चीन मिसनका प्रमुखले त्यस्तो कदमले उक्त प्रकोपसँगको लडाइँमा ठूलो फरक पारेको बताएका थिए।

त्यसबाहेक दशौँ लाखले बर्सेनि भ्रमण गर्ने कुममा रहेको सीया मुसलमानहरूको धार्मिकस्थल हजरत मसुमेहलाई बन्द नगर्ने निर्णयलाई लिएर पनि चिन्ता व्यक्त भइरहेका छन्।

हालकै दिनमा उक्त धार्मिक स्थलको प्रवेश केही कडा गरिएको छ। त्यहाँ प्रवेश गर्नुअघि मानिसहरूलाई हातमा लगाउने स्यानीटाइजर, मुख ढाक्ने मास्क र अन्य स्वास्थ्य जानकारी उपलब्ध गराउन थालिएको छ र मानिसहरूलाई समूहमा जम्मा नहुन भनिएको छ।

उनीहरूलाई प्रार्थना गर्न र त्यहाँबाट निस्कन भनिएको छ। उक्त धार्मिक स्थलका संरक्षक आयोत्ललाह मोहमद सइदीले त्यसलाई ुउपचार घरका रूपमा हेर्नु पर्नेु र ुमानिसहरूलाई आउन प्रोत्साहन गर्नु पर्ने ु बताएका छन्।

इरानमा कोरोनाभाइरस सङ्क्रमित हुनेमा महिला तथा परिवार मामिला सम्बन्धी उपाध्यक्ष मासुमे एब्तेकार र स्वास्थ्य उपमन्त्री इराज हरिरची सहित उच्चपदस्थ अधिकारीहरू छन्।

एउटा अनलाइनका अनुसार इरानी सरकारको सबैभन्दा वरिष्ठ महिला सदस्य एब्तेकारले बिहीवार कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि हुनुभन्दा केहीअघि मात्रै राष्ट्रपति रूहानी र कैयौँ मन्त्री सहभागी बैठकमा भाग लिएकी थिइन्।

Advertisement
Advertisement

इरानबाट छिमेकी देशहरू अफगानिस्तान, बहरेन, इराक, कुवेत, ओमान र पाकिस्तानमा कोरोनाभाइरस पुगेको बताइन्छ।(बीबीसी)

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top