सेन्ट्रल मलले वार्षिकोत्सवमा ल्यायो अफरै अफर

१६ फागुन ७६, शनिबार

१७ फागुन, विराटनगर । विराटनगरमा एकवर्ष अघि संचालनमा आएको सेन्ट्रल मलले आउँदो मंगलबार अर्थात फागुन २० गते पहिलो वर्ष पूरा गर्दै छ । संचालनमा आएको छोटो समयमै मलले विराटनगर र यस आसपास क्षेत्रका उपभोक्ताहरुमाझ लोकप्रियता बढाएको मल संचालकले दावी गरेका छन ।

उनीहरुका अनुसार हरेक दिन सेन्ट्रल मलमा देखिने भिडले पनि यसको पुष्टि गर्ने गरेको देखिन्छ । दैनिक उपभोग्य सामानदेखि लिएर खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, सिनेमाहल लगायतमा उपभोक्ता र दर्शकको घुइचो लाग्ने गरेको छ । उपभोक्तालाई अझै आकर्षित गर्न आउँदो फागुन २० गते पहिलो वार्षिकोत्सवको अवसरमा मलले विभिन्न अफर घोषणा गरेको छ ।

वार्षिक उत्सवका अवसरमा फागुन १७ गते शनिबार कुनैपनि ५ सय बढीको सामान खरिद गरेक ग्राहकले सेन्ट्रल मल्टिप्लेक्सको एउटा फिल्मको टिकट निशुल्क पाउने छन् । त्यस्तै सेन्ट्रल मलले फागुन २० गतेका लागि पनि अन्य विभिन्न अफरको घोषणा गरेको छ ।

Advertisement

जसमा सम्पूर्ण कपडा तथा जुत्ताचप्पलको खरिदमा ५० प्रतिशत सम्म छुट को व्यवस्था गरिएको मलका मार्केटिङ अफिसर ओम घिमिरेले जानकारी दिए । यसका साथै मलमा अन्य बिभिन्न अफर पनि रहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top