×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विमानस्थलमा पूर्वराजा र रानीको पनि कारोना परिक्षण गरियो

१९ फाल्गुन २०७६

१९ फागुन, काठमाडौं । सम्भावित कोरोनाभाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै नेपालले आइतबारबाट नेपाल आउने सबै हवाईयात्रुमाथि निगरानी सुरू गरेको छ । जसअनुसार हवाईयात्राबाट नेपाल आउने हरेक यात्रुको शरिरको तापमान मापन गरिदंैछ ।

शनिबार सरोकारवाला निकायहरूसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण नेपालमा भित्रिन नदिन सतर्कता अपनाउन निर्देशन दिए बमोजिम आइतबारबाट नेपाल आउने हवाईयात्रुको तापक्रम नाप्न थालिएको हो । यसक्रममा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि शारिरिक तापमान मापन गरिएको छ ।

भारत भ्रमणबाट आइतबार नेपाल फर्किएका शाह दम्पतीको विमानस्थलमा शरिरको तापक्रम जाँच भएको हो । जाँचमा दुबै जनाको तापक्रम सामान्य रहेको रेकर्ड भयो । ट्विटरमा शाह दम्पतीको शरिरको तापमान नाप्दै गरेको भिडिओ नेपाल वायुसेवा निगमका अध्यक्ष केदार बहादुर अधिकारीले आफ्नो ट्वीट गरेका छन् ।

त्यसपछि पूर्व राजा मुस्कुराउँदै तापमान लिन बसेका कर्मचारीतर्फ फर्कन्छन् । कर्मचारीले पूर्व राजाको तापमान लिन्छन् र जान दिन्छन् । त्यसपछि पूर्व राजाको पछिपछि आइरहेकी पूर्व रानी कोमलको पनि शरिरको तापमान लिन्छन् । चीनको हुबेई प्रान्तबाट गत वर्ष सुरु भएको नविन कोरोनाभाइरस पछिल्लो तथ्याकं अनुसार हालसम्म संसारका ६४ देशमा संक्रमण देखिएको छ ।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top