२६ फागुन, एजेन्सी । कतारले नेपालसहित १४ देशका यात्रुमाथि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।
आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको हो । कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ ।
सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टि भएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । तर ती कुन देशका नागरिक हुन् भन्नेबारे केही जानकारी दिइएको छैन ।
कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन्। कतारमा झन्डैभन्दा सयभन्दा बढी मुलुकका कामदार छन्। सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
करिब ६२ हजार भन संक्रमण लागेपनि निको भएका छन् ।
