भाटभटेनीको १५ औँ शाखा विराटनगरमा सञ्चालन हुँदै, जोगबनी भन्दा सस्तोमा सामान बिक्रि गर्ने दावी

किशोर विश्वकर्मा
विराटनगर, चैत ९
विराटनगरमा सवैभन्दा सुविधा सम्पन्न सुपरमार्केट सञ्चालन हुने भएको छ । यस अघि काठमाडौलगायत देशका विभिन्न १४ शहरमा शाखा रहेको भाटभटेनी सुपर मार्केटको विराटनगर शाखा पनि चाँडै सञ्चालन हुने भएको हो ।

विराटनगरमा आगामि वैशाख १ गते नयाँवर्षको अबसरसँगै सञ्चालन हुने उक्त सुपरमार्केटको एकै छाना मुनि सम्पुर्ण उपभोग्य वस्तु तथा सरसामान खरिद गर्न सकिने छ ।

वैशाख १ गते उद्घाटन गर्ने गरि यतिबेला सुपरमार्केटले सम्पूर्ण तयारी गरिरहेको भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिए । उनले उद्घाटनकाअबसरमा ग्राहकलाई उपहार स्वरुप प्रत्येक वस्तु खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

Advertisement

विराटनगर–धराख सडक अन्तर्गत शनिमन्दीर उत्तरपट्टिरहेको भाटभटेनी सुपरमार्केटको आफ्नै जग्गा र आफ्नै ७ तले मभवनमा उपभोक्ताले एकै छनामुनी सवै प्रकारका वस्तु तथा सेवा खरिद गर्न पाउनेछन् । भवन र जग्गा बाहेक करीब १ अर्ब रुपैयाँ भन्दा बढीको लगानिमा उक्त सुपरमार्केट सञ्चालन हुन लागेको हो ।

भाटभटेनीमा सवै सामान एउटै छाना मुनी
पूर्ण एयर कन्डीसन भाटभटेनी सुपरमार्केटको भवनको पहिलो तल्लामा ग्राहकका लागि पार्किङ सुविधा, दास्रो तल्लामा ग्रोसरी, तेस्रोमा भाँडावर्तन तथा उपहारका सामानहरु, चौथोमा तयारी पोसाक, पाँचौमा फुटवेयर, इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक आइटम, छैठौँ तल्लामा फर्निचरका सामानहरु र सातौँ तल्लामा ग्राहकको सुविधा तथ मनोरञ्जनका लागि २ वटा सिनेमा हल समेत रहनेछ ।

भाटभटेनीमा ग्राहकलाई सुविधा
भाटभटेनी सुपरमार्केटले ग्राहकको विषेश सुविधाका लागि विभिन्न योजनाहरुसमेत ल्याउने भएको छ । सुपरमार्केटका अध्यक्ष गुरुङले आफुहरुको व्यवसाय खुद्रा व्यपार भएपनि राज्य र उपधोक्ता प्रति जिम्मेवार भएकाले ग्राहकलाई न्यूनतम शुल्कमा वस्तु उपलब्ध गराउने बताए ।

विरटनगरलगायत आसपासका क्षेत्रबाट उपभोक्त भारतीय सिमावर्ती बजार जोगबनीमा गएर वस्तु तथा सामान खरिद गरेर ठगिदै आएकाले सुपरमार्केट सञ्चालन भएपछी जोगबनी बजारको भन्दा कम मुल्यमा ग्राहकले सामान खरिद गर्ने पाउने दावी गरे ।

अध्यक्ष गुरुङले ग्राहकले विराटनगरको धुलो र धँुवाको समस्या झेल्दै आउनुपरेकाले सुविधाका लागि सफा र स्वच्छ वातावरणमा सामान खरिद गर्न पाउने र विभिन्न वस्तुहरु फरक–फरक स्थनमा खोज्दै हिड्नुपर्ने झण्झटको अन्त्यपनि सुपरमार्केटले गर्ने बताए ।

के साँच्चै जोगबनी बजार भन्दा सस्तो होला भाटभटेनी ?
भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई सम्पूर्ण सुविधा दिएर र जोगबनी भन्दा सस्तो मुल्यमा बस्तुहरु उपलब्ध गराउने दावी गरेको छ । सुपरमार्केटका अध्यक्ष गुरुङले नेपाल टाईम्सको विषेश कुराकानीमा बढी मुनाफा आर्जन गर्ने हिसाबले खोलिएका ९० प्रतिशत भन्दा बढी सुपरमार्केट फेलियर भएको बताउँदै भाटभटेनीले न्यून मुनाफामा ग्राहकलाई सेवा प्रवाह गरिरहेकाले यो अवस्थासम्म आईपुगेको बताए ।

उनले भारतीय बजार जोगबनी भन्दा सस्तो मुल्यमा भाटभटेनीले ग्राहकलाई सामान विक्रि गर्ने दावी गर्दै जोगबनीमा जाने उपभोक्तालाई रोक्न सकेमात्र सुपरमार्केटको सफलता हुने बताए । उनले भने ‘मैले धेरै सुनेको छु विराटनगर र आसपासका उपभोक्ता जोगबनीमा जानुहुन्छ भन्ने । तर, त्यहाँ गएर ठगिईरहेको पत्तै पाउनुहुन्न । हामि त्यो बजार भन्दा पनि सस्तो मुल्यमा सामान दिन्छौँभने जोगबनी किन जानु प¥यो ।’

अध्यक्ष गुरुङले भने ‘जब मैले उपभोक्तालाई सेवा तथा सुविधा दिएर १०० प्रतिशत उपभोक्ता त्यहाँ जानबाट रोके भनेँ १०० प्रतिशत अंक ल्याएर पास हुन्छु । एक हिसाबले यो मेरो परिक्षा जस्तै पनि हो । सुपरमार्केटले जति धेरै उपभोक्ता जोगबनी जानबाट रोक्न सक्छ त्यो नै मेरो पास मार्क हुनेछ ।’

भाटभटेनीका देशभरमा १५ शाखा
भाटभटेनी सुपरमार्केटका काठमाडौंमा १०, पोखरा, चितवन, बुटवल, धरान र विराटनगरमा १÷१ गरि १५ शाखा रहेका छन् । ति शाखामा ७ हजार भन्दा बढी कामदारले काम गर्दै आएका छन् ।

उद्घाटनको तयारी अन्तिम चरणमा
वैशाख १ गते उक्त सुपरमर्केटको उद्घाटन अध्यक्ष गुरुङलेनै गर्ने कार्यक्रम रहेको जनाइएको छ । उद्घाटनका लागि तयारी लगभग अन्तिम चरणमा पुगेको भाटभटेनी सुपरमार्के विराटनगरले जनाएको छ । अहिले भाटभटेनीबाट उक्तभोक्ताको खरिदका लागि सम्पूर्ण वस्तुहरुको भण्डारण गर्नेकार्य भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङसँग नेपाल टाईम्सकर्मी किशोर विश्वकर्माले गरेको कुराकानीको पूर्णपाठ चाँडै प्रकाशित गरिनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top