Nepal Times
Nepal Times
3
Shares

जलस्रोतलाई समृद्धिको मूल आधार बनाउने मन्त्री पुनको प्रतिवद्धता

जलस्रोतलाई समृद्धिको मूल आधार बनाउने मन्त्री पुनको प्रतिवद्धता

काठमाडौं, चैत ९
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलस्रोतलाई मुलुकको समृद्धिको मूल आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पुनले राष्ट्रको समृद्धि र जनताको उन्नति नै सरकारको एक मात्रै लक्ष्य रहेको पनि स्पष्ट पारे । उनले जलविद्युत क्षेत्रको विकासका लागि युग सुहाउँदो नीति बनाउने घोषणा पनि गरे ।

आज काठमाडौंमा आयोेजित ‘आर्थिक समृद्धिका लागि जलविद्युत’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले आर्थिक समृद्धिका लागि निजी क्षेत्राबाट अझ बढि सहयोगको अपेक्षा सरकारले गरिरहेको पनि स्मरण गराए ।

मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रको बहुउपयोग गर्न विशेष कार्यक्रम नै ल्याउने घोषणा पनि गरे । उनले सरकार परिणाम दिने गरी काममा केन्द्रित भएको दावी गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.