विराटनगर, चैत ९
सडक विस्तारको क्रममा अप्टिकल फाईभर काटिएपछि विराटनगरसहितका क्षेत्रमा नेपाल टेलिकमको दुरसञ्चार सेवा प्रभावित भएको छ ।
ईटहरी–खनार सडकखण्डमा भैरहेको सडक विस्तारको क्रममा अप्टिकल फाईबर काटिएपछि नेपाल टेलिकमको सेवा प्रभावित भएको हो ।
अप्टिकल फाईबरमा क्षति पुगेका कारण टेलिकमले प्रदान गर्ने सबै सेवाहरु केही समयका लागि प्रभावित भएको नेपाल टेलिकमका क्षेत्रीय प्रमुख मधु बैद्यले जानकारी दिए ।
उनले क्षतिग्रस्त अप्टिकल फाइबर मम्र्मतको काम जारी रहेकाले पूर्णरुपमा सेवा सुचारु हुन थप केहि समय लाग्ने बताए । टेलिफोन र मोबाईलबाट फोन सेवा अबरुद्ध भएपछि सर्वसाधारण समस्यामा परेका छन ।
सेवा अवरुद्ध भएपनि मोबाईलमा देखिने नेटवर्क टावर पुर्ववत देखिए पनि फोन लाग्न भने नसकेको सेवाग्राहीले बताएका छन ।