×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

प्रहरीको नयाँ योजनाः आदेश उल्लङ्घनकर्तालाई पक्राउ होइन ‘होल्ड’

१५ चैत्र २०७६

१५ चैत, काठमाडौँ । 

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा रमिता हेर्न भन्दै उपत्यकाका सडकमा निस्कने गर्नुभएको छ ? अब त्यसरी जानुभयो भने तपाईले सडकमै कारवाही भोग्नुपर्ने छ । कारवाही पनि विल्कुल फरक खालको । त्यसरी निस्किँदा प्रहरीले जहाँ भेट्छ त्यही ठाउँमा बस्नुपर्नेछ ।

यसअघि सरकारी आदेश उल्लङ्घन गरेर निस्किँदा प्रहरीले पक्राउ गथ्र्यो । अब प्रहरीले जुन ठाउँमा भेटेको छ, त्यही ठाउँमा केही घण्टाका लागि ‘होल्ड’ गर्ने (एकै ठाउँमा राख्ने) छ । त्यहाँबाट कहिँ जान पाईँदैन, केही घण्टापछि जुन ठाउँबाट आएको हो, त्यही ठाउँमा फर्कनुपर्छ । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको आदेश उल्लङ्घन गर्ने क्रम बढेपछि शुुक्रबारदेखि नेपाल प्रहरीले नियन्त्रण अभियानलाई तिब्रता दिएको थियो । यसरी नियन्त्रणमा लिँदा जोखिम बढ्ने देखेपछि प्रहरीले कारवाही अभियानलाई परिवर्तन गरेको हो ।

विभिन्न ठाउँबाट पक्राउ गर्दा सयौँको सङ्ख्यामा एकै ठाउँमा मानिसको भिड हुन्छ । भिड जम्मा गर्दा कसैमा रोगको संक्रमण भए फैलनसक्ने सम्भावना अधिक हुन्छ । प्रहरीमा रोग फैलियो भने समुदायमा जाने सम्भावना झन् बढी हुन्छ । त्यसैले आज मात्रै उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आदेश उल्लङ्घन गर्नेका लागि कारवाहीको नयाँ नियम लागू गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज सुवेदीले भने, ‘पक्राउ गरेर लैजाँदा मानिस धेरै जम्मा हुने र राख्ने ठाउँको अभाव तथा भिड बढी हुँदा जोखिम बढ्ने देखियो, त्यसैले अब कारवाही स्वरुप जसलाई जहाँ भेटिन्छ, उसलाई त्यहीँ होल्ड गर्न थालेका छौँ ।’ उनका अनुसार सडकपेटीमा जहाँ भेटिन्छन्, त्यही ठाउँमा केही मिटरको दुरीमा मानिसलाई कम्तिमा दुई घण्टा राखिने छ । त्यसो गर्दा उनीहरुलाई प्रहरीले छुन पनि पर्दैन । जसले सबैजना सुरक्षित हुन सकिन्छ ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसरलाई उक्त विषयमा निर्देशन नै दिइसकेको पोखरेलले बताए । एकै ठाउँमा बस्दा उल्लङ्घनकर्तामा एउटा चेतावनी पनि हुने र जोखिम पनि कम हुने प्रहरीको विश्लेषण छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने विरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले अपराह्नसम्ममा पाँच सय बढीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैलाई प्रहरीले आजै छाडिसकेको छ । यसरी फक्राउ गर्दा समस्या देखिएपछि प्रहरीले आजदेखि उक्त काम थालेको हो ।

कोरोना भाइरसको सङ्मण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने क्रम भने अझै रोकिएको छैन । चेतना भएर पनि मानिसमा लापरवाही गर्ने क्रम देखिएको छ । अन्य बेलाको जस्तो बन्द नभएकाले स्वास्थ्यमा खेलवाड गर्न नहुने चिकित्सकहरुले बताउँदै आएका छन् । साँझ बिहान अझै बढी मान्छे निस्किने गरेका छन् । दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले कुनै सम्झौता गर्न नसक्ने प्रहरीले जनाएको छ । घरमै बसेर घरमै रमाउनुभन्दा अन्य विकल्प नहुने मनोविद पदमराज जोशी बताउँछन् ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी यही चैत १८ गते बिहान ६ः०० बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । आज पाँचौँ दिन मुख्य सडक र बजारमा सरकारी आदेशको पूर्ण कार्यान्वयन भएको देखिएको छ । तर भित्री बजार र सडकमा भने अझै मानिसको चहलपहल देखिन्छ । साँझको समयमा बढी निगरानी जरुरी रहेको स्थानीयले बताएका छन् ।

मुलुकमा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ । मुलुक लकडाउन भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था समेत मिलाएको गृह मन्त्रालयले जनाएको छ ।रासस

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top